default_image

2 years ago

April 18, 2022

‘एउटा शर्तमा मात्र हाजार्डले रियल छाड्न सक्छन्’

105 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडमा इडन हाजार्डको भविष्य के हुने भन्ने विषय चर्चामा रहने गरेको छ । रियलले आउने सरुवा बजारमा सायद उनको बारेमा सोच्न सक्नेछ । तर, भाई केलियनले भने इडनले क्लब छाड्ने सोच नराखेको र उनी आफूलाई त्यहाँ प्रमाणित गर्न चाहिरहेको बताएका छन् ।

‘जब सम्म उनले क्लबमा आफ्नो बलियो भूमिका प्रमाणित गदैनन् तब सम्म रियल छाड्छन् जस्तो लाग्दैन, केलियन भने,‘ जुन क्लबमा खेले त्यहाँ उनले आफूलाई उत्कृष्ट साबित गरेका छन् । मेरो विचारमा उनी रियल छाड्न चाँहदैनन् । उनले रियल छाड्नेमा मलाई विश्वास छैन ।’

एउटा शर्तमा भने इडनले क्लब छाड्ने सम्भावना रहेको केलियनले बताएका छन् । ‘यदि रियलका अध्यक्ष फ्लोरिन्टिनो पेरेजले चाहेको खण्डमा भने उनले रियल छाड्न सक्छन्,’ केलियनले थपे,‘ यदि आउने दिनमा उनले खेल्न पाउने सम्भावना नभएको खण्डमा मात्र त्यो सोच्न सक्छन् । त्यो अवस्थामा भने मलाई लाग्छ उनी बस्ने छैनन् ।’

उनले इडनप्रति विश्वास देखाउँदै भने,‘ तर मलाई आशा छ उनले रियलमा उत्कृष्ट खेलाडी हुनका लागि सम्भव भएका सबै प्रयास गर्नेछन् ।’ प्रिमियर लिग टोली चेल्सीबाट रियल पुगेदेखि इडनले सोचे जस्तो प्रदर्शन गर्न सकेका छैनन् । उनी पटक पटक चोटग्रस्त रहेका कारण पहिलो रोजाईमा पर्न संघर्ष गरिरहेका छन् ।

May 14, 2024

लिभरपुल बराबरीमा रोकियो

एजेन्सी – जोन डुरानले खेलको अन्त्यतिर २ गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा सोमबार लिभरपुल एस्टन भिल्लासँग ३-३ को बराबरीमा रोकिएको छ। लिगको‌ उपाधि दौडबाट बाहिरी सकेको लिभरपुलले २ पटकको अग्रतालाई जोगाउन सकेन। दोस्रो मिनेटमा डामिना मार्टिनेजले आत्मघाती गोल गरेपछि लिभरपुलले अग्रता लियो । १२ औं मिनेटमा योरी टेलिमान्सले वले वाटिकन्सको पासमा गोल गर्दै एस्टन भिल्लालाई […]

May 13, 2024

क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइजले एएफसी प्रतियोगिता खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइज युनाइटेडले एएफसि प्रतियोगिता खेल्न बाटो खुलेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार घोषणा गरेसँगै गत सिजनको लिग विजेता चर्च ब्वाइजले महादेशीय प्रतियोगिता खेल्न योग्य भएको हो । एन्फाले सोमबार सार्वजनिक गरेअनुसार चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी फुटबल क्लबले आवश्यक मापदण्ड पूरा […]

May 13, 2024

च्याम्पियन पिएसजीको हार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) किलियन एमबाप्पेको गोलका बाबजुद पराजित भएको छ। फ्रान्सेली च्याम्पियन पिएसजी आइतबार टुलुजसँग ३-१ गोलले पराजित भएको हो । पिएसजी छोड्ने घोषणा गरिसकेका एमबाप्पेले खेलको आठौं मिनेटमा गोल गरेका थिए। तर टुलुजका थिज्स डलिङ्गाबाट १३ औं मिनेटमा बराबरी गोल फर्काए । यान गोबोहोको गोलबाट टुलुजले ६८ औं मिनेटमा अग्रता लिएको […]

Success

Thank you for your time.