default_image

2 years ago

April 19, 2022

नयाँ बस्तीलाई ३ लाख जरिवाना, खेलाडी र अफिसियल पनि प्रतिबन्धित

202 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘बी’ डिभजन क्लब नयाँबस्ती युथ क्लवलाई तीन लाख जरिवानासँगै खेलाडी र अफिसियललाई प्रतिबन्ध सुनाएको छ ।

एन्फा लिग कमिटिले १८ अप्रिल २०२२ मा एन्फा मुख्यालय सातदोबाटोमा बसेको बैठकबाट नयाँबस्तीलाई ३ लाख जरिवानासँगै क्लबका अफिसियल, व्यवस्थापक र खेलाडीलाई पनि प्रतिबन्ध सुनाएको छ ।

अफिशियल श्री बहादुर योगीलाई दुई वर्षसम्म एन्फाले गर्ने कुनैपनि फुटबल गतिबिधिमा भाग लिन नपाउने गरि निलम्बन गरेको छ । यस्तै एन्फाले क्लवका व्यवस्थापक विकास राईलाई ६ महिना तथा खेलाडी मनोज राईलाई एक वर्षको प्रतिबन्ध सुनाएको छ ।

शहिद स्मारक बी डिभिजन लिग अन्तरगत ९ अप्रिलमा भएको खेलमा नयाँ बस्ती मध्यपुर युथ एसोसिएसनसँगको खेलमा ३–१ ले पराजित भएपछि अभद्र व्यवहारका कारण एन्फाले कारवाही गरेको हो । मध्यपुरसँग पराजित भएपछि क्लबका पदाधिकारीले प्लेयर बक्स तोडफोड गरेका थिए । नयाँ बस्ती ११औं स्थानमा रहेर लिगको अन्त्य गरेको थियो ।

May 14, 2024

लिभरपुल बराबरीमा रोकियो

एजेन्सी – जोन डुरानले खेलको अन्त्यतिर २ गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा सोमबार लिभरपुल एस्टन भिल्लासँग ३-३ को बराबरीमा रोकिएको छ। लिगको‌ उपाधि दौडबाट बाहिरी सकेको लिभरपुलले २ पटकको अग्रतालाई जोगाउन सकेन। दोस्रो मिनेटमा डामिना मार्टिनेजले आत्मघाती गोल गरेपछि लिभरपुलले अग्रता लियो । १२ औं मिनेटमा योरी टेलिमान्सले वले वाटिकन्सको पासमा गोल गर्दै एस्टन भिल्लालाई […]

May 13, 2024

क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइजले एएफसी प्रतियोगिता खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइज युनाइटेडले एएफसि प्रतियोगिता खेल्न बाटो खुलेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार घोषणा गरेसँगै गत सिजनको लिग विजेता चर्च ब्वाइजले महादेशीय प्रतियोगिता खेल्न योग्य भएको हो । एन्फाले सोमबार सार्वजनिक गरेअनुसार चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी फुटबल क्लबले आवश्यक मापदण्ड पूरा […]

May 13, 2024

च्याम्पियन पिएसजीको हार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) किलियन एमबाप्पेको गोलका बाबजुद पराजित भएको छ। फ्रान्सेली च्याम्पियन पिएसजी आइतबार टुलुजसँग ३-१ गोलले पराजित भएको हो । पिएसजी छोड्ने घोषणा गरिसकेका एमबाप्पेले खेलको आठौं मिनेटमा गोल गरेका थिए। तर टुलुजका थिज्स डलिङ्गाबाट १३ औं मिनेटमा बराबरी गोल फर्काए । यान गोबोहोको गोलबाट टुलुजले ६८ औं मिनेटमा अग्रता लिएको […]

Success

Thank you for your time.