4 years ago
April 25, 2022
गोरखा (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का सदस्य तीन जिल्ला संघको स्थगित निर्वाचनको मिति केहि दिनमा तय हुने भएको छ ।
गोरखा, सिन्धुली र सुर्खेत जिल्ला फुटबल संघको निर्वाचन स्थगित भएको थियो । एन्फाले वैशाख १ देखि १० गते सम्म जिल्ला संघको निर्वाचनका लागि मिति तय गरेको थियो । ४८ मध्ये बाँकी अधिकांश जिल्लामा निर्वाचन सम्पन्न भइसकेको छ ।
गोरखामा अध्यक्ष दीपेन्द्र श्रेष्ठले अन्तिम समयमा अधिवेशन स्थगित गरेका थिए । आफू अल्पमतमा परेपछि श्रेष्ठ अधिवेशन रोकेको ६ क्लबका प्रतिनिधिले आरोप लगाएका छन् । गोरखाका उपाध्यक्ष आनन्द गुरुङको अध्यक्षतामा बैठक बसि अधिवेशन गर्नेका लागि एन्फासँग पत्र प्राप्त भएको एन्फा महासचिव इन्द्रमान तुलाधरले बताए ।
त्यस्तै सिन्धुलीमा अध्यक्षका दुई उम्मेदवारको समान ५ मत भएपछि अर्को निर्वाचन हुन बाँकी छ । त्यस्तै सुर्खेतमा प्रतिनिधि विवाद परेपछि अधिवेशन स्थगित भएको थियो । ‘अध्यक्ष , वरिष्ठ उपाध्यक्ष ज्यूसहित सचिवालयको बैठकबाट तीन वटा जिल्लाको निर्वाचनका लागि नयाँ मिति तय हुनेछ,’ तुलाधरले बताए ।
गोरखाका ६ वटा क्लबका मताधिकार प्रतिनिधिहरुले शनिबाार प्रेस विज्ञप्ती जारी गर्दै श्रेष्ठलाई अल्पमतमा परेर अधिवेशन स्थगित गरेको आरोप समेत लगाए थिए । तीन जिल्लाबाहेक महिला संघ, रेफ्री संघको निर्वाचन हुन बाँकी छ । असार ६ गते हुने एन्फा निर्वाचनका लागि एन्फाका सदस्य संघहरुको निर्वाचन भइरहेको छ ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]