3 years ago
April 26, 2022
एजेन्सी – युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा आज (मंगलबार) राति इंग्लिस क्लब म्यानचेस्टर सिटीले घरेलु मैदानमा स्पेनिस क्लब रियल म्याड्रिडको आतिथ्यता गर्दैछ ।
खेल इतिहाद स्टेडियममा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा सिटी पाहुना टोली रियललाई हराउँदै फाइनल पुग्ने सम्भावना बलियो बनाउन चहान्छ ।
मुख्य डिफेन्डर रुबेन डियासले चोटबाट पूनरागमन गरेका छन् । काइल वाल्कर, एमेरिक लापोर्टा, नाथन एके, इल्केए गुन्डोगान, रोड्री, केभिन डि ब्रुयन,रियाद महारेज, बर्नाडो सिल्भा, फिल फोेडेन र गोलरक्षक इडर्सन मोराएस रहेका छन् । पोर्चुगिज डिफेन्डर जोआओ क्यान्सेलो प्रतिबन्धका कारण टोलीमा हुने छैनन् ।
रियल म्याड्रिडलाई चोटको समस्याले घेरेको छ । डेविड अलाबा तिघ्रामा समस्या देखिएपछि खेल्नेमा शंका छ । मिडफिल्डर क्यासेमिरो र डिफेन्डर फर्लान्ड मेन्डीले पनि खेल्नेमा शंका रहेको छ । लयमा रहेका करिम बेन्जेमा, भिनिसियस जुनियर, मार्काे एसेन्सियो, टोनी क्रुस, लुका मोड्रिच, इडुआर्डाे कामाभिंगा, इडर मिलिसाओ र गोलरक्षक थिवाउट कोर्टुवा टोलीमा रहेका छन् ।
सिटीका प्रशिक्षक पेप गुआर्डीओला रियलविरुद्ध च्याम्पियन्स लिगको नकआउट चरणमा जितको ह्याट्रिक पूरा गर्ने लक्ष्यमा हुनेछन् । गुआर्डीओलाले यसअघि दुई पटक फरक टोली बार्सिलोना र म्यानचेस्टर सिटीबाट हराएका छन् ।
रियलले यसअघि म्यानचेस्टर सिटीको मैदानमा खेलेका तीन खेलमा जित्न सकेको छैन । यसक्रममा टोलीले २ बराबरी र १ हारको नतिजा निकालेको छ । आफ्नो मैदानमा रियलविरुद्ध अपराजित रहने क्रममा सिटीले २०१५–१६ को सेमिफाइनल पहिलो लेगमा गोलरहित बराबरी खेलेको थियो । त्यस्तै सन् २०१९–२० को राउन्ड अफ १६ को पहिलो लेगमा सिटीले २–१ को जित दर्ता गरेको थियो ।
रियलले इंग्ल्यान्डको टोलीविरुद्ध पछिल्लो ६ अवे खेलमा एक पटक मात्र जित हासिल गरेको छ । चेल्सीलाई क्वाटरफाइनलको पहिलो लेगमा पराजित गर्दै रियलले बलियो सुरुवात गरेको थियो । त्यसो त हालसम्म कुनैपनि टोलीले च्याम्पियन्स लिगको नकआउट चरणमा दुई इंग्लिस टोलीको घरेलु मैदानमा जित हासिल गरेको इतिहास छैन ।
December 15, 2024
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बार्यन म्युनिखले शनिवार सिजनको पहिलो हार बेहोरेको छ। भिन्सेन्ट कम्पोनीको टोली बार्यन माइन्जसँग २-१ ले पराजित भएको हो। माइन्जका लागि दुवै गोल दक्षिण कोरियाली फरर्वाड लि जे सुङले गरे । बार्यनका लेरोय सानेले गोल गरे। रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै सुङले ४१ औं मिनेटमा पहिलो गोल गरे । ६० औं मिनेटमा […]
December 15, 2024
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार शीर्षस्थानको लिभरपुल र तेस्रो स्थानको आर्सनलले अलग अलग खेलमा बराबरी खेलका छन् । खेलको अन्त्य तिर गोल फर्काउँदै लिभरपुल फुलह्यामसँग हारबाट जोगिएको हो । आर्सनलले एभर्टनसँग गोलरहित बराबरी खेलेको छ। १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको लिभरपुल दुई पटक खेलमा पछि परेर पनि बराबरी गर्न सफल रह्यो। लिभरपुलका […]
December 15, 2024
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगामा शनिवार रातो भालेसानोसँग ३-३ को बराबरीमा रोकिएको छ । बार्सिलोनासँग अंक बराबरी गर्दै शीर्ष स्थानमा जाने मौकालाई रियलले चुकाएको छ । खेलमा भालेसानोले २-० को अग्रता जोगाउन सकेन । भालेसानोका उनाइ लोपेज, अब्लुद मुमिन र इसी पालेजोन तथा रियलका फेडरिको भाल्भेर्डो, जुड बेलिङघम र रोड्रिगोले गोल गरे । लोपेजले […]