9 years ago
December 8, 2016
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को गैर जिम्मेवारीपनाका कारण एएफसी कप २०१७ दोस्रो चरणमा रुस्लान थ्री स्टार क्लबको सहभागिता हुन नसकेको खुल्न आएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले पटक पटक एएफसी कपको दोस्रो चरणमा सहभागी हुने टोलीको विवरण पठाउन एन्फालाई पत्राचार गरेपनि एन्फाले त्यसलाई पूर्ण रुपमा वेवस्ता गरेका कारण थ्री स्टार प्रतियोगिता खेल्नबाट बञ्चित भएको छ । यसै बर्षको अगस्टमा मंगोलिया पुगेर समूह चरण पहिलो हुँदै अघि बढेपनि थ्री स्टार एन्फाका कारण पहिलो पटक आयोजना भएको एएफसी कप खेल्ने मौका बाट च्युत भएको छ ।

एएफसीले दुई दिनअघि एन्फालाई पत्राचार गर्दै पटक पटकको पत्राचार गर्दा पनि दर्ता नभएका कारण अब थ्री स्टारले खेल्न नपाउने जनाएपछि अहिले एन्फा पदाधिकारी अलमलमा परेका छन् । एएफसीले पहिलो पटक नोभेम्बर १४ भित्र क्लब दर्ता गर्न, दोस्रो पटक नोभेम्बर २३ र तेस्रो पटक नोभेम्बर २६ सम्म दर्ता गर्न समय दिएको थियो । तर, त्यसबीचमा एन्फाले न त एएफसीलाई दर्ताका लागि केही जवाफ दियो न त थ्री स्टारलाई खबर गर्यो ।
‘एएफसीको वेभसाइटमा एएफसी कपमा नेपालको सहभागिता नदेखेपछि मात्र हामी छक्क पर्या’ैं, थ्री स्टारका महासचिव सञ्जिव शिल्पकारले भने,‘हामीले पटक पटक एएफसी कपका विषयमा एन्फामा सम्पर्क गरेका थियौं । हरेक पटक केही छैन । पहिलो चरण खेलिसकेले स्वतः दोस्रो चरण दर्ता भइहाल्छ भन्ने जवाफमा पाएका थियो । यो विषयमा एन्फाले जवाफमा दिनुपर्छ ।’
एन्फाले नयाँ अध्यक्ष र एक उपाध्यक्ष पाएको डेढ महिना नवित्दै नेपाली फुटबलको बदनामी हुने गरि पछिल्लो घटना भएको छ । थ्री स्टारको सहभागिता नभएपछि एएफसीले छनोट चरणमा दोस्रो भएको मंगोलियाको टोलीलाई मौका दिएको छ । महाासचिव शिल्पकारका अनुसार एएफसी कपको समूह चरण खेल्न जादा ६० लाख रुपैयाँ भन्दा बढी खर्च भएको जनाएका छन् । ‘एएफसीबाट २० हजार अमेरिकी डलर र एन्फाबाट १० लाख रुपैयाँ पाएका थियौं,’ उनले भने,‘बाँकी क्लबले आन्तरिक व्यवस्थापनबाट जुटाएको थियो । त्यसरी छनोट भएर अहिले खेल्न नपाउनु क्लब र यसका समर्थकका लागि निराशाजनक विषय हो । ’
नवनिर्वाचित अध्यक्ष नरेन्द्र श्रेष्ठले एन्फाको कमजोरी भएको स्वीकारेका छन् । ‘यसमा हाम्रै कमजोरी हो, म यो स्वीकार गर्दैछु’ बिहीबार राती स्वदेश फर्केका श्रेष्ठले भने उनले भने, ‘आजै मेरो एएफसीमा कुरा भएको छ । थ्री स्टारले खेल्न पाउने सम्भावना के छ भनेर सोधेको छु । भोलीसम्म जवाफ आउला तर सम्भावना झिनो देखिन्छ । ’

December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]