3 years ago
April 28, 2022
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणमा रहेका अन्य ४ खेलाडीले पनि प्रशिक्षक अब्दुल्ला अलमुताइरीको व्यवहार प्रति असन्तुष्टी जनाएका छन् । रोहित चन्दलाई टोलीबाट निकालेपछि अन्य ९ खेलाडीले प्रशिक्षण छाडेका थिए ।
देश बाहिर रहेका कप्तान किरण चेम्जोङले बुधबार साँझ सामाजिक सञ्जालमार्फत प्रशिक्षक अलमुताइरीले खेलाडीप्रतिको व्यवहारप्रति असन्तुष्ट जनाएका थियो । बिहीबार प्रशिक्षणमा रहेका थप ४ खेलाडीले असन्तुष्टी जनाएका छन् । यसरी असन्तुष्टी जनाउनेमा मिडफिल्डर पुजन उपरकोटी, फरवार्ड दर्शन गुरुङ, मिडफिल्डर एरिक विष्ट र गोलकिपर दीप कार्की छन् । ‘राष्ट्रिय टोलीको प्रशिक्षणमा जायज विषय उठाउँदा खेलाडीप्रति गरिएको व्यवहारप्रति मेरो असन्तुष्टी छ’ चारै खेलाडीले एकै प्रकारको फेसबुस स्टाटसमा लेखेका छन् ।
प्रशिक्षणमा अन्य अधिकांश खेलाडी विभागसँग आबद्ध रहेकाले प्रशिक्षक र खेलाडीबीचको विवादमा आफ्नो धारणा सार्वजनिक नगरेको अनुमान गरिएको छ । एएफसी एसियन कप छनोट २०२३ को छनोट चरणको तयारीमा रहेको फुटबल टोलीका ९ सिनियर खेलाडीले प्रशिक्षक अलमुताइरीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै मंगलबार प्रशिक्षण क्याम्प छाडेका थिए ।
राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङको अनुपस्थितिमा टोलीको नेतृत्व सम्हालिरहेका मिडफिल्डर रोहित चन्दलाई क्याम्प छोड्न भनेपछि असन्तुष्ट सिनियर खेलाडीले प्रशिक्षक अलमुताइरी प्रशिक्षकसँग त्यसबारे छलफल गरेका थिए । प्रशिक्षकले अन्य खेलाडीलाई पनि क्याम्प छोड्न भनेपछि अन्य खेलाडीले पनि मंगलबार क्याम्प छोडेका थिए ।
रोहितलाई निकालिएकापछि सुजल श्रेष्ठ, अनन्त तामाङ, विशाल राई, विमल घर्तीमगर, दीनेश राजवंशी, विशाल श्रेष्ठ, अन्जन विष्ट, सुमन लामाले प्रशिक्षण छाडेका थिए । एन्फा नेतृत्वलाई खेलाडीले यसबारे जानकारी दिएको बताइएको छ । खेलाडीले प्रशिक्षण छाडेको विषयमा एन्फाले अहिले सम्म आधिकारिक जानकारी दिएको छैन ।
इन्डोनेसियामा निरन्तर लिग खेलिरहेका रोहित यसपटक एसियन कप छनोटका लागि सुरुवातदेखि नै क्याम्पमा रहेका थिए । उनले टोलीको तयारीबारे सामान्य प्रश्न गर्दा नै अलमुताइरीले असन्तुष्टि जनाएको बुझिएको छ । त्यसपछि प्रशिक्षणमा सहभागी हुन गएका रोहितलाई क्याम्प छोड्न भनेपछि अन्य खेलाडीले प्रशिक्षण पश्चात अलमुताइरीसँग छलफल गरेका थिए ।
प्रशिक्षक अलमुताइरी आफैंले मंगलबार सामाजिक संजालमा हालेको भिडियोमा पनि रोहित छैनन् । अलमुताइरीले राष्ट्रिय टोलीमा १४ खेलाडीलाई डोकेको बताइएको छ । देश बाहिर रहेका राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङले खेलाडीप्रति मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले गरेको व्यवहारप्रति असन्तुष्टी जनाएका थिए ।
किरणले बुधबार राती सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति मेरो असन्तुष्टि छ । राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु पक्कै सहि होइन ।टोलीको कप्तान र एक सदस्यको हिसाबले म सधैं खेलाडीको पक्षमा छु ।’ किरण माल्दिभ्सको क्लबबाट व्यवसायिक फुटबल खेलिरहेका छन् । असन्तुष्ट समूहका खेलाडीले बिहीबार साँझ पत्रकार सम्मेलन गर्दैछन् ।
December 15, 2024
हिमाल खरेल,बिर्तामोड फिनिसिङमा तालमेल नमिल्दा आयोजक झापा–११ एफसी बिर्तामोडमा जारी झापा कपको पहिलो चरणबाटै बाहिरिएको छ । स्टार खेलाडीले भरिएको झापा–११ ले खेल अवधिभर सशक्त आक्रमण गर्न सकेन । डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिताको दोस्रो दिनको आइतवार आयोजक झापा ११ फुटबल क्लबलाई २-० ले पराजित गर्दै राष्ट्रिय जागृति क्लब इटहरी क्वार्टर फाइनलमा प्रवेश गरेको छ […]
December 15, 2024
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बार्यन म्युनिखले शनिवार सिजनको पहिलो हार बेहोरेको छ। भिन्सेन्ट कम्पोनीको टोली बार्यन माइन्जसँग २-१ ले पराजित भएको हो। माइन्जका लागि दुवै गोल दक्षिण कोरियाली फरर्वाड लि जे सुङले गरे । बार्यनका लेरोय सानेले गोल गरे। रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै सुङले ४१ औं मिनेटमा पहिलो गोल गरे । ६० औं मिनेटमा […]
December 15, 2024
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार शीर्षस्थानको लिभरपुल र तेस्रो स्थानको आर्सनलले अलग अलग खेलमा बराबरी खेलका छन् । खेलको अन्त्य तिर गोल फर्काउँदै लिभरपुल फुलह्यामसँग हारबाट जोगिएको हो । आर्सनलले एभर्टनसँग गोलरहित बराबरी खेलेको छ। १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको लिभरपुल दुई पटक खेलमा पछि परेर पनि बराबरी गर्न सफल रह्यो। लिभरपुलका […]