default_image

2 years ago

April 28, 2022

प्रशिक्षक अलमुताइरी र खेलाडीको विवाद पेचिलो बन्दै

88 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) मुकदर्शक बन्दा राष्ट्रिय फुटबल टोलीका खेलाडी र मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीबीचको विवाद पेचिलो बन्दै गएको छ ।

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट असन्तुष्टि जनाउँदै टोलीबाट बाहिरिएका १० खेलाडीले बिहीबार पत्रकार सम्मेलन गर्दै अब उनको प्रशिक्षणमा फर्कन खेल्न कठिन हुने बताएका छन् । रक्षक अनन्त तामाङले पत्रकार सम्मेलनमा भने, ‘अब हामीलाई उहाँको अन्डरमा खेल्न कठिन छ ।’

भगौडा र विद्रोहीको रुपमा चित्रित गर्न खोजेकोले आफूहरुले प्रशिक्षण छोड्नुको कारण प्रष्ट पार्न पत्रकार सम्मलेन आयोजना गरेको गोलकिपर विशाल श्रेष्ठले बताए । विगतमा सधै अलमुताइरीको तारिफ गर्ने गरेको खेलाडीले यसपटक भने फरक रुपमा प्रस्तुत भएका थिए । अर्का खेलाडी रोहित चन्दले अलमुताइरी राम्रो प्रशिक्षक भएपनि व्यवहार भने सहि नरहेको बताए ।

एन्फा अध्यक्ष कर्मा छिरिङले एन्फा निर्वाचन नजिकिदै गरेको कारण आफूले प्रशिक्षकलाई कारवाही गर्न नसक्ने प्रष्ट पारेको मिडफिल्डर विशाल राईले बताए । खेलाडीहरुले घटनाका बारेमा छानबिन गर्न एन्फालाई आग्रह गर्दै आफूहरु दोषी भए कारवाही भोग्न तयार रहेको समेत बताएका छन् ।

राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट बिद्रोह गरेका खेलाडीहरुले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले बन्द प्रशिक्षण छाडेर जान भनेपछि आफुहरु प्रशिक्षण छाड्न बाध्य भएको बताएका छन् । बिद्रोह गरेका खेलाडीहरुले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रशिक्षक अलमुताईरीले पटक पटक क्याम्प छाडेर जान भनेपछि आफुहरु बाध्य भएर प्रशिक्षण छाडेको बताएका हुन् ।

प्रशिक्षकको कार्यशैलीमा असन्तुष्टि जनाउँदै प्रशिक्षणमा रहेका १० खेलाडीले अलमुताईरीविरुद्ध बिद्रोह गरेका थिए । पत्रकार सम्मेलनमा बन्द प्रशिक्षण बहिस्कार गरेका १० खेलाडीसँगै नव निर्वाचित खेलाडी संघबाट अध्यक्ष विक्रम लामा र उपाध्यक्ष विकेश कुथु उपस्थित भएका थिए । सिनियर खेलाडीलाई बाहिर राख्दै राष्ट्रिय फुटबल टोली बढाउने योजनामा अलमुताइरी देखिएको छ । कप्तान किरण चेम्जोङसँगै प्रशिक्षणमा रहेका चार खेलाडी पनि खेलाडीकै पक्षमा उभिएका छन् ।

यस्तै खेलाडीहरुले प्रशिक्षकसँगको विवादबारे एन्फालाई जानकारी गराएको तर एन्फा नेतृत्वले मिडियामा गलत अभिव्यक्ति दिएको समेत जनाएको छ । ’हामीले प्रशिक्षकसँग कुरा गर्न जाँदा हामीलाई पनि पटकपटक क्याम्प छोडेर जान भनेपछि हामी प्रशिक्षण क्याम्प छोड्न बाध्य भएका हौं हामीले यसबारे टोली व्यवस्थापन र एन्फा नेतृत्वलाई पनि जानकारी दिइसकेका थियौँ,’ खेलाडीले जारी गरेको विज्ञप्ति भनिएको छ, ‘समस्या सुल्झाउन कदम चाल्नुको सट्टा एन्फाका जिम्मेवार पदाधिकारीबाट सार्वजनिक मिडियामा हामी क्याम्पबाट भाग्यौँ भन्ने अभिव्यक्ति दिनुले हामी अचम्मित भएका छौं टोलीभित्र आन्तरिक समस्यालाई नेतृत्व र व्यवस्थापनसँग समन्वय गरेर सुल्झाउने हाम्रो प्रयास थियो । तर सार्वजनिक रुपमा नै हाम्रो बारेमा झुटो आरोप लागेपछि हामी सत्य तथ्य जानकारी दिन यहाँ प्रस्तुत भएका छौं ।’

नियमित कप्तान किरणको अनुपस्थितिमा सिनियर खेलाडीको रुपमा टोलीको जिम्मेवारी सम्हालिरहेका रोहितले चन्दलाई बन्द प्रशिक्षणबाट निकालेपछि सिनियर खेलाडीले मुख्य प्रशिक्षकसँग छलफल गर्न चाहेका थिए । प्रशिक्षणको क्रममा बस्ने÷खानेको राम्रो प्रबन्ध हुनुपर्ने खेलाडीको मागलाई रोहितले प्रशिक्षक अलमुताईरी समक्ष राखेका थिए । सोही मागमा अलमुताईरीले रोहितलाई क्लोज क्याम्पमा राख्न नसकिने भन्दै निस्किएर जान भनेका थिए ।

रोहितलाई क्लोज क्याम्पबाट निकाल्ने निर्णयबारे सिनियर खेलाडीले अमलुताइरीसँग छलफल गर्न चाहेका थिए । तर अलमुताइरीले रोहितको विषयमा छलफल गर्न खोज्ने सबै सिनियर खेलाडीलाई बन्द प्रशिक्षणबाट निस्केर जान निर्देशन दिएका थिए । अलमुताइरीसँग पटक पटक संवाद गर्न खोज्दा अस्विकार गरेपछि खेलाडीहरु रातको समयमा होटल छाडेर निस्किएको बताएका छन् ।

‘अध्यक्षले समाधानको मिलनबिन्दु के हुन्छ भनेर सोध्नु भएको थियो । हामीले अहिलेको अवस्थामा प्रशिक्षकसँग काम गर्न सकिदैन भनेर भनेका छौं । यो विषयको समाधान छिटो होस् भन्ने हाम्रो चाहना छ ।’ विशालले भने, ‘हामी फुटबल खेल्नकै लागि आएको हो । बच्चैदेखि राष्ट्रिय टोलीबाट खेल्ने भनेर नै आएका हौं । तर, प्रशिक्षकले नै जा भनेपछि हामी निस्किएका हौं । हामी निस्किएपछि मिडियामा भगौंडा र विद्रोही भनेर आएपछि यो गलत हो भन्नको लागि हामीले पत्रकार सम्मेलन गरेका हौ । पछि के गर्ने भन्दा पनि हामी मिडियामा आएको गलत विषयमा स्पष्टिकरण दिन आएका हौं । उनको प्रशिक्षणमा थुप्रै सफलता हासिल गरेका छौं । हामीले उनलाई निकाल्नैपर्छ भनेका पनि छैनौं । तर यही अवस्थामा भने यही प्रशिक्षकसँग हामीलाई खेल्न गाह्रो नै हुनेछ ।’

‘समस्या पहिलेदेखि नै इनसाइड र अफसाइड धेरै नै थियो । भित्रको कुरा भित्रै मिलाउने भनेर हामी दविएर बस्यौ । अति नै भएपछि यो कुरा बाहिर आएको हो । प्रशिक्षकको नाताले प्रशिक्षण अवधिभर उनले हामीलाई नियन्त्रण गर्नु स्वभाविक नै हो । हामीले त्यसलाई मानेका छौं । तर, खेलाडीको कपाल, ट्याट्टु, ग्रन्ज पाइन्ट, सामाजिक सन्जालमा फोटो वा स्टाटस राख्दा समस्या उनलाई समस्या र मिडियामा बोल्दा उनलाई भइरहेको थियो । सोही कारण हामीले उनको अनुमतिमा यि सबैलाई स्वीकार गरेका थियौं ।’

‘सन्की’ स्वभावका प्रशिक्षकको व्यहोराबाट पछिल्लो समय खेलाडीहरु आजित नै बनेको बताए । आफुप्रति फरक मत राख्ने खेलाडी र अफिसियललाई उनले तारो बनाउने गरेका थिए । मिडियासँग कुरा गरेकै कारण एक समय उनले सहायक प्रशिक्षकमा नियुक्त गरेका विष्णु गुरुङलाई राष्ट्रिय टिमबाट निकालेका थिए । सोही कारण उनले केही राम्रा खेलाडीलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणबाट निकालेका थिए । त्यही स्थानमा जुनियर खेलाडीलाई ल्याएर राष्ट्रिय टिमका खेलाडीमाथि दबाब सिर्जना गर्ने ‘माइन्ड गेम’ प्रशिक्षकले खेल्ने गरेको खेलाडीको गुनासो छ ।

विवादमा मुछिरहने अलमुताइरीले यसअघि एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङको कारण राष्ट्रिय टोलीमा बसिरहन नसक्ने बताएपछि यो विवादको क्रम शुरु भएको थियो । यता, अलुमताइरीले भने क्याम्प छाडेर हिडेका खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न नसकिने एन्फाका पदाधिकारीलाई बताएका छन् । सी र बी डिभिजन क्लबका जुनियर खेलाडीलाई उनले राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाएका छन् ।

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.