default_image

2 years ago

April 30, 2022

विवादित अलमुताइरीले गरे क्रिकेट खेलाडीको विदाई

काठमाडौं (हाम्रो खेलकुद) – विवादका कारण चर्चामा रहेका नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी क्रिकेट हेर्न शनिबार टियु मैदान पुगेका थिए । नेपाली क्रिकेट टोली र जिम्बावे एबीचको खेल बर्षा कारण स्थगित भएपनि फेयर ब्रेक इन्भिटेसनल टि२० प्रतियोगिता खेल्न जाने राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासे र सीता रानामगरको नेपाल क्रिकेट […]

209 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विवादका कारण चर्चामा रहेका नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी क्रिकेट हेर्न शनिबार टियु मैदान पुगेका थिए । नेपाली क्रिकेट टोली र जिम्बावे एबीचको खेल बर्षा कारण स्थगित भएपनि फेयर ब्रेक इन्भिटेसनल टि२० प्रतियोगिता खेल्न जाने राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासे र सीता रानामगरको नेपाल क्रिकेट संघ (क्यान) ले राखेको विदाईमा सहभागी भएर अलमुताइरी फर्केका थिए ।

क्यानले नेपाल र जिम्बावे ए बीचको खेल हेर्ने अलमुताइरीलाई अतिथिको रुपमा निमन्त्रणा गरेको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल जानकारी दिए । ‘अलमुइताईरीलाई अतिथिको रुपमा खेल हेर्न बोलाएका थियौं । त्यहिँ समयमा विदाइमा पनि सहभागी भएका थिए’, मल्लले भने, उनले व्यवासायिक क्रिकेट खेल्न जान लागेका रुविना र सितालाई पनि शुभकामना दिए ।

नेपाल र जिम्बावे ए बीचको खेल बिहाने ९ः३० बजेका लागि तय थियो । तर लगातार वर्षाको कारण खेल नहुने भएपछि अलमुताईरी विदाइ कार्यक्रममा सहभागि भएर फर्किएका थिए । उनीसँगै राष्ट्रिय टोलीका प्रशिक्षक किरण श्रेष्ठ पनि टियु पुगेका थिए । पटक पटक विवादमा पर्दै आएका अलमुताइरीको पछिल्लो पटक राष्ट्रिय टोलीका खेलाडीसँग असमझदारी बढेको छ । खेलाडीसँगको विवाद समाधान नहुँदै उनी भने क्रिकेट हेर्न पुगेका थिए ।

एएफसी एसियन कप छनोट २०२३ को छनोट चरणको तयारीमा रहेको राष्ट्रिय फुटबल टोलीका १० सिनियर खेलाडीले प्रशिक्षक अलमुताईरीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै क्याम्प छाडेका थिए । एन्फा होस्टलमा न्यूनत्तम सुविधा नभएकाले टोलीमा होटलमा राख्नुपर्ने भन्ने खेलाडीको माग राखेका रोहित चन्दलाई अलमुताइरीले टोलीबाट हटाएपछि विवाद सुरुवात भएको थियो । कप्तान तथा गोलरक्षक किरण चेम्जोङको अनुपस्थितिमा टोलीको नेतृत्व सम्हालिरहेका रोहित खेलाडीहरुको आपसी सल्लाहमा नै होटलमा राख्नुपर्ने भनाई राखेका थिए ।

रोहितले आफूहरुकै सामूहिक माग राखेको त्यसमा छलफल गर्न खेलाडीहरुले गरेको आग्रहलाई अस्वीकार गर्दै अलमुताइरीले अन्य खेलाडीले पनि क्याम्प छाडे हुन बताएका थिए । त्यसपछि आफू क्याम्पबाट निस्केको खेलाडीहरुले पत्रकार सम्मेलनमार्फत बिहीबार जानकारी दिएका थिए ।

रोहितसँगै सिनियर खेलाडीहरु सुजल श्रेष्ठ, अनन्त तामाङ, विशाल राई, विमल घर्तीमगर, दीनेश राजवंशी, विशाल श्रेष्ठ, अन्जन विष्ट, तेज तामाङ, सुमन लामाले क्याम्प छाडेका थिए । अलमुताइरीले बिहीबार मात्र १७ नयाँ खेलाडीलाई टोलीमा समेटका छन् । त्यसरी समेटिएका मध्ये विकेश कुथुले भने आफू तत्काल टोलीमा आबद्ध हुन नसक्ने जनाएका छन् ।

क्याम्प छाडेका खेलाडीहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग घटनाको छानबिन गर्न र आफूहरु दोषी पाइए कारवाही गर्न समेत आग्रह गरेका छन् । घटनाका बारेमा एन्फाले अहिले सम्म आधिकारिक धारणा सार्वजनिक गरेको छ । यहि विषयमा छलफल गर्न एन्फा वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङसहित ४ जनाले एन्फा बैठक राख्न अध्यक्ष कर्मा छिरिङ शेर्पासँग लिखित रुपमा माग गरेका छन् ।

अलमुताइरीले रुविना र सितासँगको विदाईको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । अलमुताइरीले विदेशी लिग खेल्ने पहिलो नेपाली महिला खेलाडी भनेका छन् । सीता र रुविना विदेशी लिग खेल्ने पहिलो नेपाली महिला खेलाडी भने होईनन् । यसअघिनै रोशनी बोहराले श्रीलंकामा गएर विदेशी लिग खेलि सकेकी छिन् । रुविना र सीता आज दिउँसो ३ः४५ मा युएईतर्फ प्रस्थान गर्नेछन् ।

रुविनाले द बर्मी आर्मी र सीताले द टोर्नडोसबाट खेल्नेछिन्। प्रतियोगिता ६ टोली हुँदा विश्वका स्टार खेलाडीले सहभागी जनाउने छन् । रुविनाले इंग्ल्यान्डकी कप्तान हेदर नाइट र सिताले वेस्टइन्डिजकी स्टेफनी टेलरको कप्तानीमा खेल्छन् । प्रतियोगिता ४ मे देखि १५ सम्म दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ । कुल १९ खेल हुनेछन् ।

सीताको टोलीमा कप्तान टेलरसँगै न्युजिल्यान्डकी चर्चित ब्याटर शोफी डेभनी, न्युजिल्यान्डकी क्याटी मार्टिन, पाकिस्तानकी अलिया रियाज र दक्षिण अफ्रिकाकी सुने लुस जस्ता विश्व चर्चित खेलाडी छन् । रुविनाको टोली द बेर्मी आर्मीमा हेदरसँगै दक्षिण अफ्रिकाकी लौरा वोल्भार्ड, पाकिस्तानकी फतिमा सना र वेस्टइन्डिजकी डिआन्ड्रा डोटिन जस्ता खेलाडी छन् ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.