default_image

9 years ago

December 8, 2016

नेपाल डनबस्को र सेन्ट जेभियर सेमिफाइनलमा

204 views

0 Bookmark

नेपाल डनबस्को स्कुल, लुभु र सेन्ट जेभियर्स स्कुल, जावलाखेल “कम टुगेदर एन्ड प्ले टुगेदर” भन्ने नाराका साथ आयोजित २१ औं फादर मोरान स्मृती आमन्त्रण फुटबल प्रतियोगिता २०१६ को बिहिबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

javier

नेपाल टेलिकमको प्रायोजन तथा गोदावरी एल्मुनाई एशोसियसनको सहयोगमा भएको क्वाटरफाइनलमा नेपाल डनबस्कोले मिचेल तामाङ्गको निर्णायक एक गोलमा डल्फिन ईङ्गिलस स्कुल विशंखुनारायणलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउन सफल भयो । तामाङ्ग प्लेयर अफ दि म्याच घोषित भए ।

सेन्ट जेभियर्स स्कुल गोदावरीको आयोजनामा भएको दोश्रो क्वाटरफाइनल खेलमा सेन्ज जेभियर्स स्कुल जावलाखेलले विद्या संस्कार उ.मा.वि.लाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफानलको यात्रा तय गर्‍यो  । जेभियर्सका लागि निशान्त थापा मगर र स्पर्श जङ्ग पाण्डेले एक एक गोल गरे । विद्या संस्कारका प्रयत्न थापा प्लेयर अफ दि म्याच भए ।

शुक्रबार आयोजक सेन्ट जेभियर्स गोदावरी रातो र एपिएफ स्कुल किर्तिपुर तथा क्रिसेन्ट एकेडेमि र एनके सिंह मेमोरियल स्कुलविच हुने कार्यक्रम रहेको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.