default_image

9 years ago

December 9, 2016

रुस्लान थ्री स्टारले एन्फासँग स्पष्टिकरण माग्यो

299 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबले समूह चरण पार गरेरपनि एएफसी कप खेल्ने नपाउनुको कारणबारे अखिल नेपाल फुटबल संघ (एन्फा) स्पष्टिकरण मागेको छ ।

Three Star Club AFC Cup Playoff Qualifiers

पदाधिकारीले थ्री स्टारको सहभागिता नहुनुमा गल्ति भएको स्वीकार गरेपनि एन्फाले आधिकारी धारणा सार्वजनिक गरेको छैन । एन्फा कार्यसमितिको अहिले जारी बैठकमा पनि थ्री स्टारको विषयमा छलफल भइरहेको बताइएको छ ।  कात्तिक ८ गते अध्यक्ष नरेन्द्र श्रेष्ठ र एक उपाध्यक्ष मणी कुंवर निर्वाचित भएपछि पहिलो पटक एन्फाको बैठक बसिरहेको छ । एन्फाले आजको बैठकमा रिक्त एक उपाध्यक्ष मनोनय, सहिद स्मारक ए डिभिजन लिग सञ्चालनलगायतका विषयमा छलफल गर्ने गरि एजेन्डा तय गरेको थियो ।

एन्फाको गैर जिम्मेवारीपनाका कारण एएफसी कप २०१७ दोस्रो चरणमा रुस्लान थ्री स्टार क्लबको सहभागिता हुन नसकेको बिहीबार खेलेको थियो । एसियाली फुटबल महासंघ (एएफसी) ले पटक पटक एएफसी कपको दोस्रो चरणमा सहभागी हुने टोलीको विवरण पठाउन एन्फालाई पत्राचार गरेपनि एन्फाले त्यसलाई पूर्ण रुपमा वेवस्ता गरेपछि थ्री स्टार प्रतियोगिता खेल्नबाट बञ्चित भएको हो । यसै बर्षको अगस्टमा मंगोलिया पुगेर थ्रीस्टार समूह चरण विजेता बनेर फर्केको थियो ।  एन्फा कार्यसमितिका पदाधिकारी र सदस्यलाई समेत बोधार्थ दिएको पत्रमा थ्री स्टारले एएफसी कपको सहभागी टोलीमा नाम नदेख्दा आश्चार्यमा पर्नुका साथै स्तब्ध भएको उल्लेख गरेको छ । थ्री स्टारले एएफसी कप खेल्न नपाउनु क्लबका लागि मात्र नै नेपाली फुटबलकै लागि ठूलो क्षेति भएको पत्रमा उल्लेख गरेको छ । एएफसी कपमा थ्री स्टारको सहभागिताका लागि एन्फाबाट केकस्तो प्रक्रिया अपनाएको त्यसको सत्यतथ्य जानकारी र यस विष्यमा एन्फाको आधिकारिक धारणा समेत माग गरेको छ ।

एन्फा महासचिव धिरेन्द्र प्रधानले आफुहरुबाट ठूलो गल्ति भएको स्वीकार्दै एएफसीमा गरिएको अन्तिम प्रयासको जवाफ पछि आधिकारीक जवाफ दिने आफुलाई बताएको थ्री स्टारका कार्यवहाक अध्यक्ष अरुणमान जोशीले जनाएका छन् ।  एएफसीले पहिलो पटक नोभेम्बर १४ भित्र क्लब दर्ता गर्न, दोस्रो पटक नोभेम्बर २३ र तेस्रो पटक नोभेम्बर २६ सम्म दर्ता गर्न समय दिएको थियो । तर, त्यसबीचमा एन्फाले न त एएफसीलाई दर्ताका लागि केही जवाफ दियो न त थ्री स्टारलाई खबर गर्यो । एन्फाका अध्यक्ष श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधारले पनि आफुहरुबाट गल्ति भएको स्वीकार गरेका छन् ।

यस्तो छ थ्री स्टारले एन्फालाई दिएको पत्र:-

यस्तो छ थ्री स्टारले एन्फालाई दिएको पत्र:-

‘एएफसीको वेभसाइटमा एएफसी कपमा नेपालको सहभागिता नदेखेपछि मात्र हामी छक्क पर्यौ, थ्री स्टारका महासचिव सञ्जिव शिल्पकारले भने,‘हामीले पटक पटक एएफसी कपका विषयमा एन्फामा सम्पर्क गरेका थियौं । हरेक पटक केही छैन । पहिलो चरण खेलिसकेले स्वतः दोस्रो चरण दर्ता भइहाल्छ भन्ने जवाफमा पाएका थियो । यो विषयमा एन्फाले जवाफमा दिनुपर्छ ।’

एन्फाले नयाँ अध्यक्ष र एक उपाध्यक्ष पाएको डेढ महिना नवित्दै नेपाली फुटबलको बदनामी हुने गरि पछिल्लो घटना भएको छ । थ्री स्टारको सहभागिता नभएपछि एएफसीले छनोट चरणमा दोस्रो भएको मंगोलियाको टोलीलाई मौका दिएको छ । महाासचिव शिल्पकारका अनुसार एएफसी कपको समूह चरण खेल्न जादा ६० लाख रुपैयाँ भन्दा बढी खर्च भएको जनाएका छन् । ‘एएफसीबाट २० हजार अमेरिकी डलर र एन्फाबाट १० लाख रुपैयाँ पाएका थियौं,’ उनले भने,‘बाँकी क्लबले आन्तरिक व्यवस्थापनबाट जुटाएको थियो । त्यसरी छनोट भएर अहिले खेल्न नपाउनु क्लब र यसका समर्थकका लागि निराशाजनक विषय हो । ’

नवनिर्वाचित अध्यक्ष नरेन्द्र श्रेष्ठले एन्फाको कमजोरी भएको स्वीकारेका छन् । ‘यसमा हाम्रै कमजोरी हो, म यो स्वीकार गर्दैछु’ बिहीबार राती स्वदेश फर्केका श्रेष्ठले भने उनले भने, ‘आजै मेरो एएफसीमा कुरा भएको छ । थ्री स्टारले खेल्न पाउने सम्भावना के छ भनेर सोधेको छु । भोलीसम्म जवाफ आउला तर सम्भावना झिनो देखिन्छ । ’

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.