default_image

9 years ago

December 9, 2016

आयोजक शरणामती गोल्डकपको फाइनलमा

135 views

0 Bookmark

झापा (हाम्रो खेलकुद) – आयोजक शरणामती फ्रेन्ड्स क्लब प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता शरणामती गोल्ड कपको उपाधि नजिक पुगेको छ । जनता उच्च माविको मैदानमा शुक्रबार कनकाई खेलकुद प्रतिष्ठान (कासा ११) लाई २–० ले हराउँदै आयोजक टोली अन्तिम दुईमा प्रवेश गरेको हो । टोलीलाई जित दिलाउन जय गुरुङ र गणेश हेमैरुम (बुची) ले गोल गरे । रमपम झापा ११ र चर्च ब्वाइज काठमाडौंको विजेतासँग शरणामतीले फाइनल खेल्नेछ ।

12
जयले एकल प्रयासमा २६ औं मिनेटमा गोल गरेका थिए । गणेशले ५७ औं मिनेटमा गोल गरे । विपक्षी टोलीका गोलकिपर जनम मगर अघि बघि बढेको मौकाको फाइदा उठाउँदै गणेशले हेड गेल गरे । आयोजक टोलीका गोलकिपर योगश प्रसाइले भने उच्च प्रदर्शन गर्नेक्रममा पटक पटक विपक्षीको आक्रमणलाई विफल पारेका थिए । विजयी टोलीका जय खेलको म्यान अफ दी म्याच घोषित भए र उनले २ हजार ५ सय प्राप्त गरे ।
प्रतियोगिताको विजेता टोलीले उपाधि सहित १ लाख १ हजार १ सय ११ रुपैयाँ पाउनेछ । जनता उच्च माविको खेल मैदानमा जारी प्रतियोगिताको दोस्रो हुने टोलीले ६१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको म्यान अफ दी सिरिजले १० हजार रुपैयाँ पाउनेछन् भने हरेक खेलको म्यान अफ दी म्याचले २ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्ड र उच्च गोलकर्ताले जनही ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

शनिबारको दोस्रो सेमिफाइनल
रमपम झापा ११ विरुद्ध चर्च ब्वाइज क्लब, काठमाडौं

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.