9 years ago
December 9, 2016
काठमाडौं (हाम्रो खेलकुद)– सिन्धुपाल्चोक जिल्ला फुटबल संघका अध्यक्ष वीरबहादुर खड्का पुनः अखिल नेपाल फुटबल संघ (एन्फा) को उपाध्यक्षमा मनोनित भएका छन् ।

रिक्त एक उपाध्यक्षमा एन्फा कार्यसमितिको बैठकले शुक्रबार उनलाई बहुमतका आधारमा मनोनित गरेको हो । कार्तिक ८ गतेको एन्फा अध्यक्ष निर्वाचनमा पराजित भएपछि कर्माछिरिङ शेर्पाको उपाध्यक्ष पद स्वतः गुमेको एन्फाको भनाई छ । सोही बैठकले कार्तिक ८ उपाध्यक्षमा निर्वाचित उपाध्यक्ष मणी कुँवरलाई वरिष्ठ उपाध्यक्षमा बहुमतका आधारमा मनोनयन गरेको छ । तर, एन्फा अर्का उपाध्यक्ष किशोर राई र सदस्य पंकज नेम्वाङले मनोनयका विषयमा नोट अफ डिसेन्ट लेखेका छन् । राई र नेम्वाङले कुँवर र खड्काको मनोनयन विधान विपरित भएको बताएका थिए । उनीहरुले शेर्पा एक कार्याकालका लागि उपाध्यक्ष भएकाले पदमा यथावत रहनु पर्ने माग राखेका थिए ।
गत बर्ष तीन उपाध्यक्ष शेर्पासहित राई, विजयनारायण मानन्धर र सदस्य नेम्बाङलाई बर्खास्त गर्दै त्यो ठाँउमा कुँवर, खड्का र सन्तोष बानियाँलाई उपाध्यक्ष र अरुणमान जोशीलाई सदस्यमा मनोनयन गरेको थियो । पूर्व अध्यक्ष गणेश थापाको नेतृत्वमा उनीहरु बर्खास्त गरेको थियो । पछि एएफसीले निर्वाचित पदाधिकारी र सदस्यलाई पूर्नवहाली गर्न निर्देशन दिएपछि तीन जना उपाध्यक्ष र सदस्यको पूर्नवहाली भएको थियो । त्यति बेला मनोनित कुँवर, खड्का र बानियाँले राजीनामा दिएका थिए ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]