default_image

2 years ago

May 12, 2022

एट्लेटिको म्याड्रिडको जित, सेभिया रोकियो

108 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगाको शीर्ष चारको दौडमा रहेको सेभिया बराबरीमा रोकिदा एट्लेटिको म्याड्रिडले सफलता हात पारेको छ ।

सेभिया रियल मलोर्कासँग गोलरहित बराबरीमा रोकिदा एट्लेटिकोले इल्चेलाई २–० ले पराजित गरेको हो । घरेलु मैदान रोमन सान्चेज पिजुवानमा बुधबार राति भएको खेलमा पाहुना टोलीलाई लगातार दवावमा राखेपनि सेभियाले जित निकाल्न सकेन ।

७२ प्रतिशत बल पोसेसन राखेको सेभियाले मलोर्काको बलियो रक्षापङ्ति तोड्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो ।
अर्काे खेलमा एट्लेटिकोले सफलता हात पारेपछि यो बराबरीसँगै सेभिया तेस्रो स्थानमा झरेको छ ।

सेभिया ३६ खेलबाट ६६ अंक जोडेर चौथो स्थानमा झरेको छ । मलोर्का ३३ अंक जोडेर रेलिगेसन जोडको १८औं स्थानमा रहेको छ ।

अर्काे खेलमा म्याथिअस कुन्हा र रोड्रिगो डि पउलको गोलमा एट्लेटिको म्याड्रिडले इल्चेलाई उसकै मैदानमा २–० को जित निकालेको छ । म्याथिअस कुन्हाले २८औं मिनेटमा तथा रोड्रिगो डि पउलले ६२औं मिनेटमा गोल गरेका थिए ।

यो जितसँगै एट्लेटिकोले सेभियालाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको छ । एट्लेटिकोको ३६ खेलबाट ६७ तथा सेभियाको ६६ अंक छ । पराजित इल्चे ३९ अंक जोडेर १४औं स्थानमा रहेको छ ।

May 16, 2024

सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिँदै

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय फुटबलका सर्वोत्कृष्ट गोलकर्ता स्ट्राइकर सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् । सुनिलले सामाजिक सञ्जालमा एक भिडियो मार्फत १९ वर्ष लामो अन्तराष्ट्रिय करियरमा बिट लगाउने घोषणा गरेका हुन् । सुनिलले आउँदो जुन ६ मा कुवेत विरुद्ध कोलकत्तामा हुने विश्वकप छनोट अन्तर्गतको घरेलु खेल उनको अन्तिम खेल हुने बताएका […]

May 16, 2024

युभेन्ट्सलाई कोपा इटालिया उपाधि

एजेन्सी – युभेन्ट्सले कोपा इटालियाको उपाधि जितेको छ । तीन वर्ष पछि पहिलो ठूलो उपाधि जित्ने क्रममा युभेन्टसले एटलान्टालाई बुधबार १–० ले हराएको हो । रोमस्थित स्ट्याडियो ओलिम्पिकोमा खेलको चौथो मिनेटमा दुसान भ्लाभिकले गरेको गोलमा युभेन्ट्स च्यम्पियन बन्यो । एन्ड्रिया क्याम्बि–यासोको पासमा भ्लाभिकले गोल गरेका हुन् । युभेन्ट्सले कीर्तिमानी १५ औं पटक कोपा जितेको हो […]

May 16, 2024

म्यानचेस्टर युनाइटेडलाई सफलता

एजेन्सी – म्यानचेस्टर युनाइटेड बुधबार इंग्लिस प्रिमियर लिगमा विजयी भएको छ । युनाइटेडले न्युक्यासललाई ३ –२ ले हराएको हो । म्यानचेस्टर युनाइटेडको जितका लागि कोबी माइनो, अमद डेल्लो र रसमस हजलण्डले समान १ गोलल गरे । न्युक्यासलका एन्टोनी गोर्डन र लेविस हलले गोल गरे । माइनोको गोलमा युनाइटेडले ३१ औं मिनेटमा अग्रता लियो । गोर्डनले […]

Success

Thank you for your time.