9 years ago
December 10, 2016
लन्डन (एजेन्सी)– चेल्सीले प्रिमियर लिगको नोभेम्बरको अवार्डमा क्लिनस्विप गरेको छ । डिएगो कोस्टा, एन्टोनियो कोन्टे र पेद्रोले नोभेम्बरको अवार्ड जितेका हुन् । कोस्टाले इए स्पोर्टस प्लेयर अफ त मन्थको अवार्ड जितेका छन् ।

गत महिना चेल्सीले लगातार तीन खेल जित्दा कोस्टाले २ गोल गरे भने २ गोलका लागि असिस्ट गरेका थिए । एभर्टन, मिडल्सब्रो र टोटेनह्यामलाई हराउँदै प्रिमियर लिगमा चेल्सीले लगातार जितसंख्यालाई ७ पु¥याएको थियो ।
प्रशिक्षक कोन्टे लगातार दोस्रो महिना बार्कलेज मेनेजर अवार्डबाट सम्मानित भए । पेद्रोले कार्लिङ गोल अफ द मन्थको अवार्ड प्राप्त गरे । चेल्सीले टोटेनह्यामलाई २–१ ले हराउँदा पेद्रोले गरेको गोलका लागि उक्त अवार्ड जितेका हुन् ।
विशेषज्ञहरुको प्यानल, प्रिमियर लिगका कप्तान र जनताको मतमध्ये सबैभन्दा बढी मतका आधारमा कोस्टा र कोन्टेले अवार्ड जितेका थिए । त्यस्तै पेद्रोले विशेषज्ञ र जनताको सर्वाधिक मतका आधारमा अवार्ड पाएका हुन् । साउथ ह्याम्टनका जोस सिम्स प्लेयर अफ दि मन्थमा दोस्रो भएको थिए ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]