default_image

2 years ago

May 13, 2022

मार्सेलोको रियलमै बस्ने चाहना

एजेन्सी – ब्राजिलीयन डिफेन्डर मार्सेलोले स्पेनिस क्लब रियल म्याड्रिडमै बस्ने चाहना राखेका छन् । रियलमा मार्सेलोको सम्झौता यो सिजनको अन्त्यसँगै सकिँदैछ । तर, ३४ वर्षीय मार्सेलोले क्लबमा विरलै मौका पाएपनि अझैपनि रियलमै रहने चाहना राखेका हुन् । मार्सेलोले रियलबाट बाहेक अन्य क्लबबाट खेल्ने चाहना राखेका छैनन् । गत सिजनदेखि नै मार्सेलोको भविष्यबारे चर्चा भइरहेको छ […]

102 views

0 Bookmark

एजेन्सी – ब्राजिलीयन डिफेन्डर मार्सेलोले स्पेनिस क्लब रियल म्याड्रिडमै बस्ने चाहना राखेका छन् । रियलमा मार्सेलोको सम्झौता यो सिजनको अन्त्यसँगै सकिँदैछ । तर, ३४ वर्षीय मार्सेलोले क्लबमा विरलै मौका पाएपनि अझैपनि रियलमै रहने चाहना राखेका हुन् ।

मार्सेलोले रियलबाट बाहेक अन्य क्लबबाट खेल्ने चाहना राखेका छैनन् । गत सिजनदेखि नै मार्सेलोको भविष्यबारे चर्चा भइरहेको छ । पेरिसमा मे २८ मा हुने च्याम्पियन्स लिगको फाइनलपछि रियल म्याड्रिडमा उनको भविष्यको छिनोफानो हुने देखिन्छ ।

आफ्नो ३४औं जन्मदिनको नजिकै रहेका रियल म्याड्रिडका डिफेन्डरले अझैपनि आफूसँग १८ वर्षको उमेरमा २००७ मा सामेल भएको टोलीसँग जारी राख्न सक्ने बल र क्षमता रहेको महसुस गरिरहेका छन् । जहाँ उनी लस ब्लान्कोससँग सबैभन्दा धेरै उपाधि जित्ने खेलाडी बनेका छन् ।

यस सिजनमा अहिलेसम्म मार्सेलोले १७ खेल खेलिसकेका छन् । च्याम्पियन्स लिगमा चेल्सी विरुद्धको अतिरिक्त समयमा उनको योगदान उल्लेखनीय रहेको थियो । उक्त खेलमा घाइते भएका उनी त्यसयता मैदान बाहिर छन् ।

मार्सेलोको विषयमा क्लबको केही धारणा आइसकेको छैन । टोलीका अर्काे भेट्रान मिडफिल्डर लुका मोड्रिचको विषयमा भने क्लब सचेत छ । इस्को र ग्यारेथ बेल अन्य दुई खेलाडी हुन् जसको सम्झौता दुई महिना भन्दा कममा समाप्त हुनेछ र दुवैलाई पहिले नै थाहा छ कि उनीहरू रियल म्याड्रिडमा बस्ने छैनन्।

मार्सेलोमा अन्य क्लबको चासोको कुनै कमी छैन, तर उनी रियल म्याड्रिडमा बस्न कटिबद्ध छन् । यद्यपि उनको खेलको समय फर्लान्ड मेन्डीको उपस्थितिको कारण सिमित रहनेछ । फ्रान्सेली अनुपस्थित हुँदा नाचोले प्राथमिकता पाएका छन् । डेविड अलाबाले आवश्यकता अनुसार जुनसुकै पोजिसनमा खेलिरहेका छन् । एन्टेनियो रुडिगर पनि टोलीमा आइसकेका कारण मार्सेलोले रियलमै बस्ने धेरै सीमित भूमिकामा खुसी हुनुपर्नेछ ।

मार्सेलोले रियलमा २००६–०७ को सिजनदेखि हालसम्म ५४५ खेल खेल्दा ३८ गोल गरेका छन् । उनले रियलबाट ६ पटक ला लिगा, दुईपटक कोपा डेल रे, ५ पटक स्पेनिस सुपर कोपा, ४ पटक च्याम्पियन्स लिग, ३ पटक युइएफए सुपर कप र ४ पटक फिफा क्लब विश्वकप गरी २४ उपाधि जितेका छन् ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.