default_image

2 years ago

May 17, 2022

एमबाप्पे भन्छन् – ‘मैले निर्णय गरिसकें’

एजेन्सी – केलियन एमबाप्पेले आफ्नो भविष्यको बारेमा निर्णय गरिसकेको बताएका छन् । आइतबार भएको द फ्रेन्च प्रोफेसनल फुटबर्स युनियन (युएनएफपी) गालाका दौरान पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्डले आफ्नो भविष्यका बारेमा प्रष्ट पारेका हुन् । फ्रान्सेली फरवार्ड एमबाप्पेले निर्णय गरेको बताउँदै गर्दा उनी फ्रि ट्रान्सफरमा रियल म्याड्रिड जाने सम्भावना बलियो देखिएको छ । युरोपका संचार […]

116 views

0 Bookmark

एजेन्सी – केलियन एमबाप्पेले आफ्नो भविष्यको बारेमा निर्णय गरिसकेको बताएका छन् । आइतबार भएको द फ्रेन्च प्रोफेसनल फुटबर्स युनियन (युएनएफपी) गालाका दौरान पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्डले आफ्नो भविष्यका बारेमा प्रष्ट पारेका हुन् ।

फ्रान्सेली फरवार्ड एमबाप्पेले निर्णय गरेको बताउँदै गर्दा उनी फ्रि ट्रान्सफरमा रियल म्याड्रिड जाने सम्भावना बलियो देखिएको छ । युरोपका संचार माध्यमका अनुसार गत साता रियल र उनीबीच सम्झौता भएको बताइएको छ । केहि महिना यताबाट नै उनी रियल जाने प्रसंग निकै चर्चामा थियो । उनले पिएसजीको नविकरण प्रस्तावलाई पटक पटक अस्वीकार गर्दै आएका थिए ।

एमबाप्पे आफैंले सहि समय आएपछि आफ्नो निर्णय घोषणा गर्ने बताए । ‘मैले निर्णय गरिसकेको छु । तर त्यो भन्ने यो सहि समय होइन । केहि समय प्रतीक्षा गरौँ,’ उनले भने । एमबाप्पेले सिजन सकिएलगत्तै फ्रान्सको राष्ट्रिय टोलीमा जानुअघि क्लब घोषणा गर्ने बुझिएको छ ।

रियलका अध्यक्ष फ्लोरेन्टिो पेरेजको रणनीति सुरुवातबाटै प्रष्ट थियो । उनले एमबाप्पेको सम्झौता पिएसजीमा रहँदा सम्म खासै खुलेर बोलेनन् । एमबाप्पे आफै भने रियल आउन चाहेको पेरेजलाई थाहा थियो नै । उनले सोझै एमबाप्पेसँग सम्पर्क पनि राखेनन् ।

महत्त्वपूर्ण दुई दिन

गत साता एमबाप्पेले म्याड्रिडको भ्रमण गरेका थिए । सोमबार र मंगलबार भएको भ्रमणकै दौरान रियल र उनीबीच सम्झौता भएको विश्वास गरिएको छ । रियलका प्रबन्ध निर्देशक जोसे एन्जेल सान्चेजले एमबाप्पेसँग छलफल गरेका थिए ।

एमबाप्पे सुरुवातबाटै क्लबको प्राथमिकतामा रहेका थिए । रियल उनका लागि सबै खाले प्रयास गर्न तयार थियो । एमबाप्पे रियल जान तयार भइसकेका छन् । पिएसजीले अर्को कदम चाल्नु अघि नै रियल उनीसँग सम्झौता गर्न चाहन्थ्यो ।

रियलको पखाई

रियलले एमबाप्पेसँगको सम्झौताको विषय सार्वजनिक गर्न हतारिएको छैन । एमबाप्पेले नै पिएसजीको यात्रा अन्त्य भएको घोषणा गरुन् भन्ने रियलले चाहेको छ । रियलबाट खेल्ने आफ्नो सपना रहेको एमबाप्पेले पटक पटक बताइसकेका छन् ।

एमबाप्पेलेका लागि गत सिजन नै रियल २ सय मिलियन खर्च गर्न तयार भएको थियो । तर अहिले फ्रि ट्रान्सफरमा रियलले सम्झौता गर्न पाएको छ । पिएसजीले भने टोली निर्माणका लागि अबको सिजन लगानी गर्नुपर्ने भएको छ । एमबाप्पेको बर्हिगमनमा टोलीले कति पनि आम्दानी गर्ने छैन ।

५ वर्षे सम्झौता

एमबाप्पेले रियलसँग ५ वर्षको सम्झौता गर्ने सम्भावना छ । यसमा १ बिलियन युरोको रिलिज क्लज रहनेछ । रियलबाट उनले पारिश्रमिक भने पिएसजीले प्रस्ताव गरेको भन्दा कम पाउने अनुमान गरिएको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.