default_image

2 years ago

May 18, 2022

फुटबल विवाद : छानविन समितिले आज प्रतिवेदन बुझाउने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र राष्ट्रिय टोलीका खेलाडीबीचको विवादबारे तथ्य खोज्न गठन गरिएको समितिले बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) लाई प्रतिवेदन बुझाउने भएको छ । एन्फाको गत आइतबार बसेको आकस्मिक कार्यसमिति बैठकले भूतपूर्व राष्ट्रिय खेलाडी भिक्टर रानाको संयोजकत्वमा पूर्व खेलाडी विदुर विष्ट र नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय […]

125 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र राष्ट्रिय टोलीका खेलाडीबीचको विवादबारे तथ्य खोज्न गठन गरिएको समितिले बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) लाई प्रतिवेदन बुझाउने भएको छ ।

एन्फाको गत आइतबार बसेको आकस्मिक कार्यसमिति बैठकले भूतपूर्व राष्ट्रिय खेलाडी भिक्टर रानाको संयोजकत्वमा पूर्व खेलाडी विदुर विष्ट र नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा सम्मिलित समितिलाई यस घटनाको तथ्य खोज्न जिम्मेवारी दिएको थियो । समितिलाई ७ दिनको समय दिइएको भएपनि निर्वाचन र सार्वजनिक विदाका कारण १० दिनपछि समितिले प्रतिवेदन बुझाउने भएको छ ।

समितिले घटनाको तथ्य खोजेर एन्फालाई सुझाव दिनेछ । एन्फा महसचिव इन्द्रमान तुलाधरका अनुसार समितिले प्रतिवेदन दिएपछि मात्र एन्फाले आफ्नो कदम चाल्नेछ । ‘समितिले आज प्रतिवेदन बुझाउने कुरा छ । अब उक्त प्रतिवेदनले के भन्छ । त्यसपछि मात्र के गर्न भन्न सकिन्छ,’ उनले भने, ‘समितिको सुझावले भनेको कार्य सचिवालयले गर्न सक्छ भने हामी गर्छौं नत्र कार्यसमितिमा पनि लग्नुपर्ने हुन सक्छ । पहिला समितिको प्रतिवेदन हेरेपछि मात्र त्यसबारे भन्न सकिन्छ ।’

समितिले पछिल्लो एक सातामा क्याम्प छोडेका १० खेलाडी, प्रशिक्षक अब्दुल्लाह अलमुताइरी लगायत अन्य घटनासँग सम्बन्धित व्यक्तिहरुसँग सोधपुछ गरेको थियो । एसियन कप छनोटको तयारीमा रहेको टोलीका १० सदस्यले आफूलाई क्याम्प छोड्न भनिएको बताएका छन् । एन्फाले भने हालसम्म यस विषयमा कुनै अधिकारिक प्रतिक्रिया दिएको छैन । टोलीका १० खेलाडी नहुँदा एन्फाले केहि खेलाडी थप गरेको छ, तर त्यसबारे पनि एन्फाले आधिकारिक सूचना राम्रोसँग प्रवाह गरेको छैन । प्रशिक्षक र खेलाडीले एन्फालाई बुझाएको पत्रबारे भने एन्फाले वेबसाइटमा समाचार नै बनाएको छ ।

यसबीचमा प्रशिक्षणमा रहेका खेलाडीसहित टोलीले नेपालमै रहेका अफ्रिकी खेलाडी सम्मिलित टोलीसँग भने मैत्रीपूर्ण खेल खेलेको छ । तीन खेलमा १ जित, १ बराबरी र १ हारको नतिजा निस्किएको छ । नेपाली टोलीले अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने भनेपनि हाल उक्त खेल हुने नहुने दुविधा रहेको छ ।

प्रशिक्षक अलमुताइरीले एन्फालाई लेखेको पत्र यसप्रकार छ :

खेलाडीहरुले पत्रकार सम्मेलनमा जारी गरिएको घटनाक्रम सहितको विज्ञप्ति :

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.