3 years ago
May 19, 2022
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङबीच एन्फा अध्यक्षका लागि प्रतिस्पर्धा हुने भएको छ । अघिल्लो निर्वाचनमा एकै समूहबाट चुनाव लडेका शेर्पा अध्यक्ष र नेम्बाङ उपाध्यक्षमा निर्वाचित भएका थिए ।
त्यति मात्र होइन यी दुईसहित १७ सदस्यीय कार्यसमितिनै एकै समूहबाट निर्वाचित भएका थिए । चार वर्षपछि हुन लागेको निर्वाचनमा शेर्पा र नेम्बाङ अलग अलग प्यानलसहित निर्वाचन लड्ने तयारीमा छन् ।
असार ६ गते हुने निर्वाचनका लागि निर्वाचन समितिले जेठ ६ देखि १२ गते सम्म मनोनयन पत्र दर्ताको समय तोकेको बताइएको छ । शेर्पाले शुक्रबार उम्मेदवारी दर्ता गर्न लागेको जानकारी दिए । ‘आफ्नो कार्यकालमा सुरु गरेका कामको निरन्तरता । संस्थागत विकास, आर्थिक रुपमा एन्फालाई सक्षम बनाउनका लागि मैले फेरि उम्मेदवारी दिने निर्णय गरेको हु,’ उनले भने,‘ हाम्रो समयमा थुप्रै नयाँ कामको सुरुवात भएको छ । त्यसको निरन्तरता आवश्यक छ ।’
पूर्व अध्यक्ष गणेश थापाका विरुद्ध एकै ठाँउमा उभिएर मुख्य र दोस्रो वरियतामा पुगेका शेर्पा र नेम्बाङबीच निर्वाचित भएको झण्डै एक वर्षपछिबाट तिक्तता सुरु भएको थियो । त्यसले विस्तारै एन्फामा गुट देखिएको हो । हिजो एकै समूहमा लडेका यी दुई अब अलग अलग प्यानलसहित निर्वाचनमा होमिन लागेका छन् ।
शेर्पाले आफ्नो कार्यकाल सफल भएपनि सोचे अनुरुप काम गर्न भने नसकेको बताए । ‘आन्तरिक र बाह्यरुपमा अप्ठेरो पार्ने प्रयास भएकै हो । त्यसका वावजुद पनि हामीले थुप्रै नयाँ कामको सुरुवात गरेका छौं, ’ उनले भने,‘ कोरोना महामारीका कारण २ वर्ष सोचे जस्तो काम गर्न सकिएन । तर पनि हामीले काम अघि बढाइराख्यौं ।’
नेम्बाङले पनि शुक्रबार नै उम्मेदवारी दर्ता गर्ने तयारी गरिरहेको बताएका छन् । उनले एजेन्डासहित औपचारिक रुपमै उम्मेदवारी घोषणा गर्ने बताएका छन् । चेन्ज एन्फाको नारासहित एन्फा नेतृत्वमा पुगेका शेर्पा र नेम्बाङका नाममा अहिले फुटबलमा तीब्र ध्रुब्रिकरण देखिएको छ ।
यसअघि १७ सदस्यीय कार्यसमिति निर्वाचित भएको थियो भने यसपटक २१ सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ । जसमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष, २ महिलासहित १५ सदस्य निर्वाचित हुनेछन् । एक वरिष्ठ उपाध्यक्ष र १ महिलासहित ३ सदस्य यसपटक थपिएका हुन् । शेर्पा र नेम्बाङ दुवैले २१ सदस्यीय प्यानलसहित निर्वाचनमा होमिने तयारी गरिरहेका छन् । दुवैपक्ष आन्तरिक छलफलमा जुटिरहेको बताइएको छ ।
December 15, 2024
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बार्यन म्युनिखले शनिवार सिजनको पहिलो हार बेहोरेको छ। भिन्सेन्ट कम्पोनीको टोली बार्यन माइन्जसँग २-१ ले पराजित भएको हो। माइन्जका लागि दुवै गोल दक्षिण कोरियाली फरर्वाड लि जे सुङले गरे । बार्यनका लेरोय सानेले गोल गरे। रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै सुङले ४१ औं मिनेटमा पहिलो गोल गरे । ६० औं मिनेटमा […]
December 15, 2024
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार शीर्षस्थानको लिभरपुल र तेस्रो स्थानको आर्सनलले अलग अलग खेलमा बराबरी खेलका छन् । खेलको अन्त्य तिर गोल फर्काउँदै लिभरपुल फुलह्यामसँग हारबाट जोगिएको हो । आर्सनलले एभर्टनसँग गोलरहित बराबरी खेलेको छ। १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको लिभरपुल दुई पटक खेलमा पछि परेर पनि बराबरी गर्न सफल रह्यो। लिभरपुलका […]
December 15, 2024
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगामा शनिवार रातो भालेसानोसँग ३-३ को बराबरीमा रोकिएको छ । बार्सिलोनासँग अंक बराबरी गर्दै शीर्ष स्थानमा जाने मौकालाई रियलले चुकाएको छ । खेलमा भालेसानोले २-० को अग्रता जोगाउन सकेन । भालेसानोका उनाइ लोपेज, अब्लुद मुमिन र इसी पालेजोन तथा रियलका फेडरिको भाल्भेर्डो, जुड बेलिङघम र रोड्रिगोले गोल गरे । लोपेजले […]