default_image

2 years ago

May 20, 2022

एन्फा चुनाव : शीर्ष पदमा नेम्वाङ र खड्काको उम्मेदवारी

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी असर ६ गते हुने निर्वाचनका लागि पंकज विक्रम नेम्वाङले अध्यक्ष तथा वीर बहादुर खड्काले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । हाल एन्फाको वरिष्ठ उपाध्यक्ष समेत रहेका नेम्वाङले शुक्रबार पत्रकार सम्मेलन गर्दै एक महिनापछि हुने केन्द्रिय निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका […]

117 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी असर ६ गते हुने निर्वाचनका लागि पंकज विक्रम नेम्वाङले अध्यक्ष तथा वीर बहादुर खड्काले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

हाल एन्फाको वरिष्ठ उपाध्यक्ष समेत रहेका नेम्वाङले शुक्रबार पत्रकार सम्मेलन गर्दै एक महिनापछि हुने केन्द्रिय निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । यसै प्यानलबाट हाल उपाध्यक्ष रहेका वीरवहादुर खड्काले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारीको घोषणा गरेका छन् ।

अध्यक्षमा उम्मेदवारी घोषण गर्दै नेम्वाङले नेपाली फुटबल अगाडी बढाउन आफुले उम्मेदवारी दिएको बताएका छन् । ‘परिवर्तनको लागि समूह एकता, आर्थिक पारदर्शिता लगायत मुद्दा उठााएको थियौं । तर क्षणमै हरायो । चार उपाध्यक्षलाई चार तिर १२ सदस्यलाई १२ तिर पुर्याउनु भयो । आर्थिक अनियमितामा चरममा पुग्यो । फिफाले अनेक कम्पनी पठाएर अडिट गरेको छ । नाकावन्दी लगाएको यो अवस्था कसरी आयो ? नरेन्द्र दाईको पालासम्म किन प्रतिबन्ध लगाएन ? अहिले किन आर्थिक प्रतिबन्ध लाग्यो । भ्रष्टाचार भएको छ । झण्डै तीन करोड रुपैया त्यो कम्पनीले लगेको छ । त्यो नेपाललाई दिने ग्रान्टबाट काटिएको छ,’ उनले भने ।

‘हिजो हामीले पारदर्शिता र भ्रष्टचारमा शुन्य सहनसिलता भनेका थियौं । अब नेपाली फटुबललाई अगाडि बढाउने हो भने हामीले उम्मेदवारी दिनुपर्छ भन्ने क्लब र एन्फाको साथीहरुको कुरा सुनेर नै यहाँ आएका हौं । एन्फाको जिल्ला र क्लबको साथ, अग्रज हरुको आशिर्वाद र युवा साथीहरुको जोशका साथ मेरो उम्मेदवारी घोषणा गर्दछु,’ नेम्वाङले घोषणा गरे ।

चार वर्षको अवधिमा अध्यक्ष कर्मा छिरिङ शेर्पाले एन्फा एकलौटी रुपमा चलाएको, फुटबल विकासमा ध्यान दिन नसकेको सामान्य किसिमको कुरामा पनि बोल्ड डिसिजन गर्न नसकेको आरोप लगाएका छन् । अध्यक्षमा उमेदवारी दिएका नेम्वाङले अहिले आफ्नो समूहबाट अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा मात्रै उमेदवारी दिएको र १२ गतेसम्म समयसीमा रहेकाले अन्य पदहरुमा पनि सहमतिकै आधारमा उमेदवार उठाइने बताए । एन्फाको निर्वाचनका लागि आज शुक्रबारबाट उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुदैछ । उमेदवारी प्रक्रिया १२ जेठसम्म रहेको छ ।

यस्तै खड्काले नेम्वाङलाई सहयोग गर्न र खेलाडीको लागि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएको बताएका छन् । खड्काले आफूलाई खेलाडीहरुले नै चुनावमा उठ्न प्रोत्साहन गरेको समेत बताए । ‘म केही भन्दिन तर हामी गर्छौं । मेरो उम्मेदवारी विगत तीन हप्तादेखि १० राष्ट्रिय खेलाडीको विषयजस्ता कुराहरुका लागि हो । छानविन समितिले प्रतिवेदन बुझाइसकेपछि पनि खेलाडीले दिनहुँ आएर गुनासो गरिरहँदा हामी केही गर्न सकिरहेका छैनौं । खेलाडीले हाम्रो भविष्य के भनेर गुनासो गरिरहँदा अध्यक्ष र महासचिव आ–आफ्नो कोठामा बस्नुभयो,’ उनले भने ।

‘महासचिवले अध्यक्षलाई फोन गर्नुभयो तर अध्यक्षले खेलाडी र उपाध्यक्षहरुसँग भेट्न चाहनुभएन । खेलाडीहरुले कर्माछिरिङ शेर्पाले फुटबल चलाउन सक्नुहुन्न अब तपाइहरु आउनुपर्छ भन्नुभयो । अध्यक्षलाई फुटबलको माया छैन । खेलाडीको मतलब छैन । राजनीति नै चाहिने हो भने अब प्रदेश र केन्द्रको चुनाव हुँदैछ । त्यहाँ जानुस् । म नेम्वाङको टिमबाट उमेदवारी घोषणा गर्दछु,’ उनले भने ।

एन्फाका पूर्व प्रवक्ता तथा वर्तमान केन्द्रिय सदस्य किरण राईले अध्यक्ष कर्माछिरिङ शेर्पालाई आगामी निर्वाचनमा उमेदवारी नदिन सुझाएका छन् । ‘उहाँले क्रमिक रुपमा गल्ती दोहोर्याई रहनभयो । सुध्रने अवस्था नै आएन । हामीले धेरै सहयोग गरेका हौं । तर उहाँ पूर्ण रुपमा असफल हुनुभयो,’ नेम्वाङ पक्षको उम्मेदवारी घोषणा कार्यक्रममा राईले भने, ‘तपाईसँग कुनै व्यक्तिगत असहमति छैन, तर तपाई चुनाव लड्ने आइडिया ड्रप गर्नुस ।’

राईले शेर्पाले उम्मेदवारी दिने कुरा मिडियाबाट सुनेर आफू उदयपुरबाट काठमाडौं आएको बताए । ‘प्रशिक्षक र खेलाडीको घटनापछि नैतिकताको आधारमा उहाँले राजीनामा गर्नुहोला भन्ने आशा गरेको थिएँ । आफू पूर्ण रुपमा असफल भइसकेपछि अब उमेदवारी दिन्न भन्नुहोला भन्ने अपेक्षा थियो । तर उहाँले फेरी पुराना कामको निरन्तरता दिन उम्मेदवारी दिने भनेपछि म आएको हुँ,’ राईले भने ।

शेर्पा नेतृत्वको पछिल्लो चार वर्ष नेपाली फुटबलको कालो अवधि भएको बताउँदै उनले आगामी दिनमा सिस्टममा नेपाली फुटबल चलाउनुपर्ने बताए । ‘तपाईले ड्रप गर्दा हुन्छ । तपाई असफल हुनुभयो । स्टाफमाथि तपाईको कन्ट्रोल छैन । कुनै कुरा गरे सचिवालयतिर पन्छाउनु हुन्छ । प्रधानमन्त्री र मुख्यमन्त्रीजस्तो सेल्फी खिचेर बस्नुभयो । त्यो तपाईको खास काम होइन ।’ पुर्वप्रवक्ता राईले भने, ‘प्रशिक्षक काण्डमा केही गर्न नसकेका कारण मैले प्रवक्ताबाट राजीनामा दिएको हुँ । पंकज वा वीरवहादुर व्यक्तिगत महत्त्वकांक्षा आधारमा नभई सम्पूर्ण जिल्ला र क्लबहरुको मागका आधारमा उम्मेदवारी घोषणा भएको हो ।’

मधेस प्रदेशका अध्यक्ष नेपाल कार्कीले जिल्लातर्फबाट नेम्वाङलाई जितको शुभकामना दिदै सबै प्यानललाई जिताउन सहयोग गर्ने बताए । क्लबका तर्फबाट सहभागी बाँसबारी क्लबका अध्यक्ष प्रेम थापाले फुटबल विकासमा अहिलेको नेतृत्वसँग भिजन नरहेको र सिमित मान्छेलाई काखी च्यापेर सानो घेरामा खुसी हुने प्रवृति देखिएको बताए ।

यस्तै एन्फाका पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठले अहिलेको नेतृत्वले एन्फामा धेरै समस्या ल्याएको देखेपछि आफूले नेम्वाङ प्यानललाई नैतिक साथ दिएको बताए । ‘ हाम्रो नेतृत्वले एन्फा छोड्दा राष्ट्रिय टोलीमा सफलता थियो, फिफाको फरवार्ड प्रोजेक्ट थियो, र टेबलमा १७ करोड रकम थियो । अहिले न फुटबल मैदानभित्र सफलता छ, न त मैदानबाहिर । अझ सुन्छु १४ करोड त ऋण छ रे । नयाँ कार्यसमितिले आफ्नो भागमा कति ऋण पर्ने हो भनेको सुन्छु । यो पक्कै राम्रो होइन,’ उनले भने ।

‘म फुटबलमा विभिन्न पदमा रहेर काम गरें । २००५ यता निरन्तर दैनिक एन्फा पुगेर काम गरें । हामीलाई कहिल्यै फिफाले कारवाही गरेन । कहिले कहीं प्रश्न आउँदा जवाफ दिन्थ्यौं । अहिले अडिट नै उताबाट पठाउँदा हाम्रो स्रोत खर्च भएको छ । यो पक्कै राम्रो होइन । मसँग अरु नभए पनि नैतिक समर्थन छ र नयाँ नेतृत्वले परिवर्तन गर्छ भन्ने आशा पनि । सबैलाई शुभकामना दिन चाहन्छु,’ उनले भने ।

पत्रकार सम्मेलनमा विभिन्न जिल्ला, क्लब र संघका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो । नेम्वाङ समूहले आफ्नो साथमा शुक्रबार नै ५३ मताधिकार प्रतिनिधि रहेको बताए । एन्फा निर्वाचन जित्न ४८ मत आवश्यक पर्ने समिकरण रहेको छ । उमेदवारी घोषणा कार्यक्रममा यसअघि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा निकट देखिएका मनाङ मर्स्याङ्दी क्लबका अध्यक्ष विजय घले समेत नेम्वाङ समूहमा खुलेर प्रस्तुत भएका छन् ।

वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले दोस्रो कार्यकालका लागि उमेदवारी दिने घोषणा गरिसकेका छन् । योसँगै अध्यक्षका लागि शेर्पा र नेम्वाङबीच नै प्रतिस्पर्धा हुने भएको छ । शेर्पा चार वर्षअघि अत्याधिक बहुमत प्यानलसहित एन्फा नेतृत्वका लागि निर्वाचित भएका थिए ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.