default_image

2 years ago

May 22, 2022

म्यानचेस्टर सिटीलाई प्रिमियर लिग उपाधि

एजेन्सी – म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग २०२१-२२ को उपाधि जितेको छ । निकै रोमान्चक अन्तिम दिनको खेलमा २ गोलले पछि परेको स्थितिबाट उत्कृष्ट पुनरागमन गर्दै सिटी च्याम्पियन बनेको हो । सिटीले एस्टन भिल्लालाई ३-२ ले पराजित गर्दा दोस्रो स्थानको लिभरपुलले पनि अन्तिम खेलमा वल्भ्समाथि जित दर्ता गर्यो । १ गोलले पछि परेको लिभरपुलले अन्तिममा […]

148 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग २०२१-२२ को उपाधि जितेको छ । निकै रोमान्चक अन्तिम दिनको खेलमा २ गोलले पछि परेको स्थितिबाट उत्कृष्ट पुनरागमन गर्दै सिटी च्याम्पियन बनेको हो ।

सिटीले एस्टन भिल्लालाई ३-२ ले पराजित गर्दा दोस्रो स्थानको लिभरपुलले पनि अन्तिम खेलमा वल्भ्समाथि जित दर्ता गर्यो । १ गोलले पछि परेको लिभरपुलले अन्तिममा ३-१ को जित दर्ता गरेपनि उपाधि जित्न सकेन । समग्रमा सिटी ३८ खेलमा ९३ अंकसाथ उपाधि जोगाउन सफल रहयो । यता लिभरपुल ३८ खेलमा ९२ अंकसाथ दोस्रो भयो ।

एक समय २-० ले पछि परेको सिटी उपाधि गुमाउने संघारमा रहेको थियो । खेलमा म्याटी क्यासले एस्टन भिल्लालाई पहिलो हाफमा अग्रता दिलाएका थिए । उनले ३७ औं मिनेटमा लुकास डिग्नको पासलाई सदुपयोग गर्दै घरेलु मैदान म्यानचेस्टर सिटीका समर्थकलाई स्तब्ध पारेका थिए ।

दोस्रो हाफमा सिटीले आक्रामक सुरुवात गरेपनि गोल गर्न भने सकेन । ठिक विपरित निकै रक्षात्मक देखिएको भिल्लाले काउन्टर अट्याकमा अग्रता दोब्बर पार्यो । ६९ औं मिनेटमा ओली वाटकिन्सको पासमा कोउटिन्होले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारमा गोलरक्षक एडरसनले कुनै प्रतिक्रिया जनाउन सकेनन् ।

७६ औं मिनेटमा रहिम स्टर्लिङको पासमा इल्काए गुन्डोगनले गोल गर्दै सिटीलाई खेलमा फर्काए । त्यसको दुई मिनेट नबित्दै सिटीले बराबरी गोल पनि फर्कायो । ओलेक्जेन्डर जिन्चेन्कोको पासलाई रोड्रीले पेनाल्टी क्षेत्र बाहिरबाट सुन्दर गोल गरेपछि खेल बराबरीमा आएको थियो ।

बराबरी गरेको दुई मिनेटपछि नै सिटीले अग्रता पनि लियो । केभिन डे ब्रुएनको क्रसमा गुन्डोगनले ६ यार्ड बक्स भित्रबाट गोल गर्दै सिटीलाई अप्रत्याशित अग्रता दिलाए ।

यता अर्को तर्फ लिभरपुल खेलको तेस्रो मिनेटमा नै पछि परेको थियो । पेड्रो नेटोले राउल जिमिनेजको पासलाई सदुपयोग गर्दै एनफिल्डका समर्थकलाई निराश पारेका थिए । २४ औं मिनेटमा साडियो मानेले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले थियागो अलाकान्ट्राको पासलाई गोलमा परिणत गरेका थिए ।

दोस्रो हाफमा एक समय सिटी २-० ले पछि पर्दा लिभरपुललाई उपाधि होडमा अघि बढ्न १ गोल आवश्यक थियो । तर सिटीले आफ्नो खेलमा लगातार ३ गोल गर्दै ३-२ को अग्रता लिएपछि मात्र लिभरपुल अघि बढ्न सक्यो । ८४ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई अघि बढाए । ८९ औं मिनेटमा एन्डी रोबर्टसनले गोल गर्दै लिभरपुलको जित सुनिश्चित गरे ।

दुवै टोलीले जित हात पारेपछि सिटी १ अंकको अग्रतासहित लिग च्याम्पियन बन्न सफल रहयो ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.