9 years ago
December 11, 2016
लन्डन (एजेन्सी)– चेल्सी पुनः प्रिमियर लिगको शीर्षस्थानमा उक्लेको छ । आइतबार वेस्ट ब्रुमवीचलाई १–० ले हराउँदै चेल्सी आर्सनललाई उछिन्दै पहिलो स्थानमा उक्लेको हो । ७६ औं मिनेटमा डिएगो कोस्टाले गरेको गोलनै खेलको निर्णायक बनेका थियो।

गत महिना टोलीले लगातार ३ खेल जित्दा कोस्टाले २ गोल गर्नुका साथै २ गोलका लागि असिस्ट गरेका थिए । त्यसै कारण उनी नोभेम्बरको एफए प्लेयर अफ दी मन्थबाट सम्मानित भएको थिए । जारी लिगमा कोस्टाको त्यो १२ औं गोल हो । निर्णायक गोलअघि कोस्टाले खेलमा खासै प्रभाव जमाउन सकेका थिएनन् ।
१५ खेलपछि चेल्सीको ३७ अंक पुगेको छ । दोस्रो स्थानमा झरेको आर्सनलको ३४ अंक छ । शनिबार आर्सनलले स्टोकलाई ३–१ ले हराएको थियो । एक खेल कम खेल्दै ३० अंकसहित तेस्रो स्थानमा रहेको लिभरपुलले आजै वेस्ट ह्याम युनाइटेडसँग खेल्दैछ । त्यसअघि म्यानचेस्टर युनाइटेड र टोटेनह्याम तथा साउथ ह्याम्टन र मिडल्स ब्रो बीच प्रतिस्पर्धा हुनेछ ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]