9 years ago
December 12, 2016
झापा (हाम्रो खेलकुद) – काठमाडौंको चर्च ब्वाइज क्लबले प्रथम आमन्त्रण फुटबल प्रतियोगिता शरणामती गोल्ड कपको उपाधि जितेको छ । झापाको जनता उच्च माविको खेल मैदानमा राष्ट्रिय टोलीका विमल घर्तिमगर, विक्रम लामा सम्मिलित चर्च ब्वाइजले आयोजक शरणमती फ्रेन्ड्स क्लबलाई ४–३ ले हराउँदै पाधि जितेको हो ।

यद्दपी विमल पेनाल्टीमा गोल गर्नबाट चुकेको थिए । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रकेरमा गएको थियो । पछिल्ला दुई प्रतियोगिताको फाइनलमा पनि विमल पेनाल्टीमा गोल गर्न चुकेका थिए । झापामै भएको सुरुङ्गा गोल्डकप र मनमोहन दुहबी गोल्डकप दुवै फाइनलमा विमलले गोल गर्न सकेका थिएनन् ।
विमल सुरुङ्गामा रुपन्देही फुटबल क्लब र दुहबीमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीबाट खेलेका थिए । दुवै फाइनलमा विमल सम्मिलित टोली पराजित भएको थियो । यसपटक भने विमल चुकेपनि उनको टोली उपाधि जित्न सफल भएको छ ।
उपाधिसहित विजेता टोलीले उपाधि सहित १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्यो । दोस्रो हुने टोलीले ६१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । आयोजक क्लबका गोलकिपर योगेश प्रसाई प्रतियोगितको उत्कृष्ट खेलाडी घोषित भए र उनले १० हजार पाए । २० गतेदेखि सञ्चालित प्रतियोगिता ८ टोलीको सहभागिता थियो ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]