9 years ago
December 12, 2016
नियोन (एजेन्सी) – प्रिमियर लिग क्लब आर्सनलले च्याम्पियन्स लिगको नकआउट चरणमा फेरी एकपटक जर्मन च्याम्पियन बायर्न म्युनिखको सामना गर्नुपर्ने भएको छ भने अर्को इङ्लिस टोली म्यानचेस्टर सिटीले मोनाकोको सामना गर्नेछ ।

गत सिजन पनि आर्सनल र बायर्न एउटै समूहमा थिए । घरेलु मैदानमा २–० ले विजयी आर्सनल अवेमा भने ५–१ ले पराजित भएको थियो । सन् २०१२/१३ र २०१३/१४ मा पनि यी दुई टोलीपछि नकआउटको सोही अवस्थामा भेट हुँदा दुवै पटक बायर्न विजयी भएको थियो ।
सोमबार भएको ड्रमा साविक विजेता रियल मड्रिडले सिरिए टोली नापोलीको सामना गर्नेछ । बार्सिलोनाले फ्रान्सेली टोलीका पेरिस सेन्ट जर्मनको सामना गर्नेछ । त्यस्तै लेस्टर सिटीले सेभियाको सामना गर्नेछ । अन्य खेलमा बेनफिकाले बारुसिया डर्टमन्ड, पोर्टोले युभेन्ट्स तथा बायर लेभरकुसनले एट्लेटिको मड्रिडको सामना गर्नेछ । च्याम्पिन्स लिग नकआउट चरणको पहिलो लेग फेब्रुअरी १४ र १५ तथा दोस्रो लेग फेब्रुअरीकै २१ र २२ मा हुनेछ ।

नकआउट चरणमा को को भिड्नछन् ?
म्यानचेस्टर सिटीविरुद्ध मोनाको
रियल मड्रिडविरुद्ध नेपोली
बेनफिकाविरुद्ध बरुसिया डर्टमन्ड
बायर्न म्युनिखविरुद्ध आर्सनल
बायर लेभरकुसन विरुद्ध एट्लेटिको मड्रिड
पोर्टोविरुद्ध युभेन्ट्स
पेरिस सेन्ट जर्मनविरुद्ध बार्सिलोना
सेभियाविरुद्ध लेस्टर सिटी
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]