9 years ago
December 12, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीको पूर्व प्रशिक्षक दक्षिण कोरियाली यो की ह्योङ यति बेला नेपालमा छन् । तर, यसपटक उनी कुनै औपचारिक जिम्मेवारी पुरा गर्नका लागि भने नेपाल आएका होइनन् । दुई पटक नेपाली टोलीलाई प्रशिक्षण दिएका ह्योङ अखिल नेपाल फुटबल संघ (एन्फा) का मनार्थ अध्यक्ष टासी घले र उनी पहिलो पटक नेपाल आउँदाका दोभाषे विजय शाहीको पहलमा यसपटक व्यक्तिगत भ्रमणका लागि नेपाल आएका हुन् । मंगलबार उनी केही दिनका लागि शाहीसँग पोखरा जाँदैछन् ।

सन् १९९८ मा बैंकक एसियाड र अर्को पटक २००३ मा नेपालले बंगलादेशमा साफ च्याम्पियनसिप खेलेको थियो । यद्दपी ती दुवै प्रतियोगितामा नेपालको प्रदर्शन सम्झन लायक रहेन । तर, पनि उनको नेपाली खेलाडीसँगको सम्झना भने ताजै देखियो । हरि खड्का, बालगोपाल महर्जन, उपेन्द्रमान सिंह, राकेश श्रेष्ठको नाम अहिले पनि उनलाई कन्ठै छ ।
तीनै ह्योङले आफुले प्रशिक्षण दिएका खेलाडीका लागि सोमबार साँझ राजधानीमा रात्री भोजका आयोजना गरे । जहाँ हरि,बालगोपाल,राकेशलगायत फुटबलसँग सम्बन्धित अन्यको पनि उपस्थिति थियो । शाहीमार्फत आफ्ना नेपाली फुटबलसँगको पुराना सम्झना साटेका थिए । उनले सधै नेपाली फुटबल प्रगती हेर्न चाहेको पनि सुनाए । कोरिया पूर्व राष्ट्रिय खेलाडी एवंम् पूर्व साहायक प्रशिक्षक समेत रहेका ७० बर्षिय ह्योङले अझै पनि नेपाली फुटबलमा काम गर्न चाहेको सुनाउँछन् ।
ह्योङले यसपटक पोखरामा माघ ४ बाट सुरु हुने आहा रारा गोल्डकपमा कोरियाली विश्वविद्यालयको कुनै एउटा टोली ल्याउने पहल पनि गरिरहेका छन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]