9 years ago
December 12, 2016
पेरिस (एजेन्सी)– यो बर्षको बालोन डि ओर अवार्डको विजेताको घोषणा अबको केही समयमा हुनेछ ।

पोर्चुगल र रियल मड्रिडका क्रिस्टियानो रोनाल्डो, बार्सिलोना र अर्जेन्टिनाका लियोनल मेस्सी तथा फ्रान्स र एट्लेटिको मड्रिडका एन्टोनी ग्रिजम्यानमध्ये एकजना विजेता घोषित हुनेछन् यसअघि अवार्ड समारोह फिफाको मुख्यालय स्विट्रल्यान्डको जुरिचमा हुने गरेको थियो । तर, फ्रान्स फुटबल म्यागेजिनले प्रतिष्ठित अवार्डका लागि फिफासँगको सहकार्य तोडेको छ । ६१ औं गोल्डेन बल अवार्ड यसपटक मात्र पत्रकारहरुले मात्र निर्णय गर्नेछन् । यसअघि पत्रकारसँग फुटबलर र प्रशिक्षकबाट पनि भोट दिइने गरिन्थ्यो । फिफासँग सहकार्य तोडेपछि यसपटक अवार्ड फ्रान्सको पेरिसमा हुँदैछ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]