default_image

9 years ago

December 12, 2016

रुस्लान थ्री स्टारले आज आधिकारिक धारणा सार्वजनिक गर्ने

95 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबले एएफसी कपको प्ले अफ खेल्न बाट बञ्चित भएको विषयलाई लिएर आज पत्रकार सम्मेलनमार्फत आधिकारिक धारणा सर्वजनिक गर्ने भएको छ । क्लबले २ बजे पाटनमा पत्रकार सम्मेलन राखेको छ ।

ANFA Three Star Help
अगस्टमा एएफसी कपको समूह चरणमा विजेता बनेर छनोट भएको थ्री स्टार अखिल नेपाल फुटबल संघ (एन्फा)को लापरवाहीका कारण प्ले अफ खेल्नबाट बञ्चित भएको थियो ।

पटक पटक क्लब दर्ताका लागि एसियाली फुटबल महासंघ (एएफसी) ले पत्राचार गरेपनि एन्फाले न त आफै त्यसको जवाफ दियो न थ्री स्टारलाई पनि कुनै सुचना नै दियो । उल्टो एएफसीको पटक पटकको इमेललाई वेवास्ता मात्र गरिरह्यो । जसका कारण पहिलो पटक आयोजना हुने एएफसी कपमा छनोट चरण पार गरेर पनि थ्री स्टार खेल्नबाट बञ्चित भएको छ ।

एन्फाले सचिवालय कमजोरी भएको स्वीकार्दै हालै उपाध्यक्षमा मनोनित वीरबहादुर खड्काको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । थ्री स्टारको ठाँउ एएफसीले समूह चरणमा दोस्रो भएको मंगोलियाको इर्चिम क्लबलाई मौका दिएको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.