9 years ago
December 12, 2016
पेरिस (एजेन्सी) – पोर्चुगल र रियल मड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले यो बर्षको बालोन डि ओर अवार्ड जितेको छन् । रोनाल्डोले बालोन डि ओर अवार्ड जितेको यो चौथो पटक हो ।

CREDIT: L’EQUIPE
अर्जेन्टिना र बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले उक्त अवार्ड अहिले सम्म पाँच पटक जिति सकेका छन् । यसपटक अवार्ड जित्ने क्रममा रोनाल्डोले मेस्सी र एट्लेटिको मड्रिडका एन्टोनी ग्रिजम्यानलाई पछि पारेका थिए । रियलले गत बर्ष च्याम्पियन लिग उपाधि जित्दा रोनाल्डोले विजयी पेनाल्टी गोल गरेका थिए । म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्ड रोनाल्डोको नेतृत्वमा यसै बर्ष पोर्चुगलले पहिलो पटक युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो ।
यसअघि अवार्ड समारोह फिफाको मुख्यालय स्विट्रल्यान्डको जुरिचमा हुने गरेको थियो । तर, फ्रान्स फुटबल म्यागेजिनले प्रतिष्ठित अवार्डका लागि फिफासँगको सहकार्य तोडेको थियो । ६१ औं गोल्डेन बल अवार्डमा यसपटक पत्रकारहरुले मात्र निर्णय गरेका थिए । यसअघि पत्रकारसँगै फुटबलर र प्रशिक्षकबाट पनि भोट दिइने गरिन्थ्यो । फिफासँग सहकार्य तोडेपछि यसपटक अवार्ड फ्रान्सको पेरिसमा आयोजना भएको थियो ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]