9 years ago
December 13, 2016
एजेन्सी (हाम्रो खेलकुद) – यस वर्षका एसियाली फुटबल महासंघले घोषणा गरेका एसियाकै सर्वोत्कृष्ट खेलाडी ओमार अब्दुलरहमान आज राति हुने बार्सिलोना र अल अह्ली विरुद्धको मैत्रीपूर्ण खेलमा अल अह्लीबाट खेल्ने पक्का भएको छ।

साउदी अरेबियाको लिग च्याम्पियन टोलि अल अह्ली र क्याटलान टोलि बार्सिलोनाबीच आज रातको ९:४५ बजे मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ। कतारको दोहामा हुने खेलमा ओमारलाइ उनले खेल्ने क्लब बाहेकको क्लबबाट खेल्न विशेष अनुमति दिइएको हो। ओमारले अल आइनबाट व्यवासयिक फुटबल खेल्दै आएका छन्।
ओमरको कप्तानीमा रहेको अल आइनले एएफसी च्याम्पियन्स लिगको फाइनलमा कोरियन टोलि जेओनबक मोटर्ससंग पराजय भोगेको थियो। २५ वर्षीय मिडफिल्डर ओमारले सो प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि पनि जितेका थिए।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]