default_image

9 years ago

December 13, 2016

रत्नजित, विष्णु र दीपेश दोस्रो चरणमा

128 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– रत्नजित तामाङसहित तीन नेपाली खेलाडी नेपाल डब्लूबिएफ योनेक्स सनराइज अन्र्राष्ट्रिय ब्याडमिन्टन सिरिज २०१६ पहिलो दिन मंगलबार मेन्स सिंगल्सको दोस्रो चरणमा पुगेका छन् ।
badminton
राखेप कभर्ड हलमा भएको खेलमा रत्नजितले पाकिस्तानका मोहम्मद इरफान सइद भट्टीलाई २१–१६,२५–२३ को सोझो सेटमा हराए । विष्णु कटुवालले बंलादेशका मोआजम हुसेनलाई २१–१०,२२–२० मा हराउँदै दोस्रो चरणको यात्रा तय गरे । दीपेश धामी भने वाकओभर पाएर अघि बढेका हुन् ।
अन्य नेपाली खेलाडी इरफान अन्सारी, विजित थापामगर, सुमन लिम्बु, दीपक बोहोरा, भुगोल गुरुङ र सञ्जिव खड्का पहिलो चरणमै पराजित भए । इरफान बंगलादेशका तुसार कृष्ण रोयसँग २१–१२,२१–८ ले, विजित भारतका सिद्धार्थ ठाकुरसँग २१–१०,२२–२० ले, सुमन भियतनाम डुक पाए ली २१–२,२१–११ ले, दीपक भारतका अमनकुमार २३–२१,२१–१० ले  र सञ्जिव भारतका भारतकै मोहम्मद सलमान खानसँग २३–२१,२१–१० ले सँग सोझो सेटमा पराजित भएका थिए ।
नेपाली ४ खेलाडी उमन्स सिंगल्सको दोस्रो चरणमा प्रवेश गरेका छन् । तर, सबै जना वाइ पाएर अघि बढेका हुन् । वाइपाएर अघिल्लो चरण पुग्नेमा नङसलदेवी तामाङ, शिक्षा श्रेष्ठ, अमिता गिरी र मेघा चन्द छन् ।
अन्य नेपाली खेलाडी सुनैना मुखिया, शोभा गौचन, अनुमाया राई र जेसिका गुरुङ भने पहिलो चरणमा पराजित भए । सुनैना बंगलादेशकी अलिना सुलतानसँग २६–२४ ले, शोभा पाकिस्तनकी पलवश बसिरसँग २१–५,२१–८ ले, अनुमाया देवी युनितासँग २१–६,२१–१५ र जेसिका माल्दिभ्सकी माइसा इस्माइलसँग २१–१५,२१–१८ को सोझो सेटमा हारेकी थिइन् ।
बाइपाएर नेपालका तीन जोडी मिक्स डलब्सको क्वार्टरफाइनलमा पुगेका छन् । दिदिभाई नङसलदेवी र रत्नजितको जोडी, विजित र शिक्षा तथा विष्णु र अमिताको जोडी सिधै अन्तिम आठमा पुगेको हो । दीपेश धामी र पुजा श्रेष्ठको अर्को नेपाली जोडी भने भारतका राजेककृष्णन नविथाकृष्णन र बि बेङकटा रमाया तुलसी बेलुपुडीको जोडीसँग २१–१८,२०–२२,२१–८ ले पराजित भएको थियो ।
वल्र्ड ब्याडमिन्टन फेडेरेसन र एसियन ब्याडमिन्टनको स्वीकृतीमा नेपाल ब्याडमिन्टनसँगको आयोजनामा पाँच दिन सम्म चल्ने प्रतियोगिताको मन्त्री दीपक बोहराले उद्घाटन गरेका थिए । प्रतियोगितामा नेपालसहित ९ राष्ट्रका ७२ खेलाडीले पाँच इभेन्ट्समा प्रतिस्पर्धा गरिरहेका छन् ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.