9 years ago
December 14, 2016
काठमाडौं (हाम्रो खेलकुद)– एएफसी कप प्ले अफ खेल्नबाट बञ्चित भएपछि रुस्लान थ्री स्टार क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) विरुद्ध मोर्चा बन्दी कस्दै लाने सम्भावना बढेको छ ।

पाटनमा मंगलबार पत्रकार सम्मेलन गर्दै एन्फासँग ६ करोड क्षेतिपूर्ति मागेको थ्री स्टारले मागको सम्बोधन नहुदासम्म कुनै पनि फुटबल गतिविधिमा संलग्न नहुने घोषणा गरेको छ । त्यति मात्र होइन क्लबले एन्फाको लापरवाही छानविनका लागि सरकार, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई पनि गुहारेको छ । फुटबलको अन्तर्राष्ट्रिय निकाय विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल संघ (एएफसी) लाई पनि एन्फाको गल्तिका बारेमा पत्राचार गर्ने बताएको छ ।

थ्री स्टारका कार्यवहाक अध्यक्ष अरुण मान जोशीले एन्फाले गठन गरेको छानविन समितिले दिने प्रतिवेदनका आधारमा दोषीमाथि कारवाही हुनेमा विश्वास गर्ने हुनै आधार नभएको बताएका छन् । एन्फाले आफ्नो गल्ति स्वीकार्दै मंसिर २४ गते कार्यसमितिको बैठकबाट उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको थियो । तर, थ्री स्टारले छानविन समितिप्रति नै अनविश्वास मात्र गरेको छैन, क्षतिपूर्ति र अल्टिमेटम समेत दिएको छ । विगतमा एन्फा पक्षधरको आरोप लाग्दै आएको थ्री स्टारले पत्रकार सम्मेलनमार्फत एन्फाविरुद्ध आवाज उठाएको सम्भवत यो पहिलो पटक हो । एएफसीले पटक पटक इमेल गर्दै एएफसी कप प्ले अफका लागि नाम दर्ता गर्न भनेपछि एन्फाले त्यसको वेवास्ता गर्दा थ्री स्टार समूह चरण पार गरेर पनि प्ले अफ खेल्नबाट बञ्चित भएको थियो । थ्री स्टारले एन्फाको पछिल्लो कदमले क्लब र नेपाली फुटबल प्रेमीलाई दुःखी बनाएको बताएको छ ।

थ्री स्टारका महासचिव सञ्जिव शिल्पकारले न्यायका लागि क्लब एसोसियन गठन गर्दै लड्ने चेतावनी दिएका छन् । एन्फाको लापरवाहीले क्लब संघ गठन गर्नुपर्ने अभास क्लब पदाधिकारीले गरेको मंगलबारको पत्रकार सम्मेलनमा बुझ्न सकिन्थ्यो । अघिल्लो महिनामात्र एन्फा अध्यक्षमा निर्वाचित भएका नरेन्द्र श्रेष्ठ, उपाध्यक्ष मणी कुँवर र अन्य पदाधिकारीले थ्री स्टारको विषयलाई कसरी समाधान गर्छन्, त्यो साच्चै उनीहरुका लागि परिक्षणको घडी हुनेछ । पत्रकार सम्मेलनमा थ्री स्टारले शक्ति प्रदर्शनको छनक दिने प्रयास गरेको थियो । क्लबलाई पर्न गएको मर्कामा साथ दिन ए,बी, सी क्लबका पदाधिकारी एवंम् पदाधिकारी तथा क्लबका समर्थकको पनि कार्यक्रममा बाक्लो उपस्थिति थियो । विगतमा चार क्लबले मिलेर क्लब समन्वय समिति गठन गर्दा एन्फाले ती क्लबमाथि कारवाही गरेको थियो । यसपटक क्लब एसोसियन गठन हुँदा एन्फाले कस्तो कदम चाल्ने छ, त्यो भने प्रतिक्षाकै विषय बनेको छ ।
महासचिव शिल्पकारले एएफसीले एकपटक एएफसी प्ले अफमा क्लबको नाम दर्ता गराउनु र एन्फा सिइओ इन्द्रमान तुलाधारले एउटा कार्यक्रममा सहभागी हुन भन्दै एउटै पत्रमा जानकारी पठाएको उल्लेख गर्दै भने, ‘एन्फाले सिइओको सहभागिता त गरायो , तर एएफसी क्लब दर्ताका लागि कुनै प्रक्रिया अघि बढाएन । यो भन्दा दुःखत अरु के हुन सक्छ ?’
महासचिव शिल्पकारले सञ्चालन गरेको कार्यक्रममा एएफसी कप प्ले अफ खेल्न नपाएको कारण र क्षतिपूर्तिका बारेमा अध्यक्ष जोशीले आधिकारिक धारण राखेका थिए । त्यसबाहेक क्लबका प्रशिक्षक मेघराज केसी, क्लबहरुका तर्फबाट जावलाखेल युथ क्लबका अध्यक्ष ठूलाभाई केसी, प्रशिक्षकका तर्फबाट बालगोपाल महर्जन र क्लबको अफिसियल फ्यान क्लब वी आर स्टारका अध्यक्ष कृष्ण कार्की क्लबको मागप्रति एकबद्धता जनाएका थिए ।

मेघराज केसी (प्रशिक्षक, थ्री स्टार क्लब)
प्रशिक्षक र खेलाडीले बोल्ने बाँकी केही रहेन । हामीसँग शब्द छैन । एन्फाले २० बर्षदेखि गल्ति गर्दै आएको थियो । तर, देशको कानुनभन्दा सधै माथि रहदै आएको छ । के एन्फा देशको कानुन भन्दा माथि हो, एन्फालाई कानुनले बाध्नु पर्दैन ? फिफा, एएफसीले केही पदाधिकारी, खेलाडीलाई कारवाही गरेको देखिएको छ । सबैको साथमा दोषीलाई दण्डित गर्नुपर्छ । नत्र, अहिले सम्म फुटबलमा गरेको सबैको लगानी खेर जानेछ । खेलेर बाच्ने आधार तयार गर्दा पनि दोषीमाथि कारवाही गर्नुपर्छ । थ्री स्टारको प्रदर्शन पुरानै अवस्थामा पुर्याउनका लागि सबैको सहयोगको आवश्यकता पर्दछ ।

ठूलोभाई केसी (अध्यक्ष, जावलाखेल युथ क्लब)
यो सबै घटना सुनेर दुःख लाग्यो । एन्फाले समिति बनाएको भन्ने सुन्नमा आएको छ । जसले गल्ति गर्छ उसैले छानविन गर्ने, मैले त्यसको औचित्य देखेको छैन । अब क्लबहरुले नै पहल गर्नुपर्छ, सरकार, मन्त्रालय, राखेपसँग दोषीलाई दण्डित गर्न आग्रह गर्नुपर्छ । थ्री स्टारले देशको प्रतिनिधित्व गर्न नपाउनुमा एन्फाको लापरवाही नै मुख्य कारण देखिएको छ । क्लबहरुले फुटबल धानेका छन् । व्यवस्थापन गर्न कति कठिन छ म त्यो शब्दमा बयान गर्न सक्दिन । क्लब एसोसिएसनको आवश्यकता देखिएको छ ।

बालगोपाल महर्जन (पूर्व प्रशिक्षक नेपाली राष्ट्रिय टोली)
नेपाली फुटबलका लागि यो दुर्भाग्यपूर्ण र लाजमर्दो घटना हो । अहिलेको समयमा सबै जानकारी एउटा मोबाइलबाट लिन सकिन्छ । तर, एउटा इमेलको जवाफ नपठाउँदा सहभागिता छुटेको छ । अन्य कुनै काम छुटेको छैन । अहिले थ्री स्टार खेल्न पाउनेमात्र छुट्नु रहस्यम छ । यसको छानविन र दोषी उपर कारवाही हुनुपर्छ । फुटबलमा अनुशासनले मात्र नतिजा आउछ । खेलाडी, प्रशिक्षकमा मात्र होइन अनुशासन पदाधिकारीमा पनि आवश्यक छ । जसरी सफलता प्राप्त गर्दा पुरस्कृत गरिन्छ त्यसरी नै गल्ति गर्नेलाई दण्डित गर्नुपर्छ । एउटा पूर्व खेलाडी र प्रशिक्षकका नाताले दुःख लागेको छ । क्लब र खेलाडीको मनोबल बढाउन क्षतिपूर्ति पाउनुपर्छ । त्यसले आउने दिनमा गल्ति दोहोरिने छैन ।

कृष्ण कार्की (अध्यक्ष वी आर स्टार, थ्री स्टारको अफिसियल फ्यान क्लब)
थ्री स्टारलाई षडयन्त्रपूर्वक ढंगले एएफसी कप खेल्नबाट बञ्चित गराइएको छ । २०३१ सालदेखि क्लबले फुटबलमा गरेको लगानीलाई शुन्यमा पुर्याउने काम भएको छ । एन्फाका जिम्मेवारी व्यक्तिले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ । यो राष्ट्रघाती कमद हो । इमेल पनि हेर्न नसक्नेले कसरी एन्फा हाक्न सक्छन् भन्ने विश्वास गर्ने ? क्लबले क्षतिपूर्ती पाउनुपर्छ र त्यसका लागि फ्यान क्लब जस्तो सुकै कदम चाल्न तयार छ । आवश्यकता पर्दा समर्थकले एन्फा घराउ पनि गर्नेछन् ।
क्लबले मंगलबार जारी गरेको प्रेस विज्ञप्ती यस्तो छ ।

December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]