default_image

9 years ago

December 14, 2016

अन्तत: अफगानी बालक मुर्तजा र मेस्सीको भेट भयो

171 views

0 Bookmark

एजेन्सी (हाम्रो खेलकुद) – यहि बर्षको सुरुआतमा  इन्टरनेटमा एउटा फोटोले फुटबल जगतमै तहल्का मच्चायो, अफगानिस्तानका ५ बर्षे एक बालकले प्लास्टिकलाइ जर्सी बनाउदै अर्जेन्टिनाको जस्तो देखिने उक्त प्लास्टिकमा मेस्सीको नाम लेखे।

asx

केहि दिनमै उक्त फोटो भाइरल हुन पुग्यो र रातारात  बालक मुर्तजा अहमदी सेलिब्रेटझैँ गनिन थाले अफगानिस्तान फुटबल संघले उनलाई आफ्नो मुख्यालयमै बोलाएर मेस्सिले पठाएका बार्सिलोनाको जर्सी पनि दियो। निकट भबिस्यमा उनलाई मेस्सीसंग भेटाउने वाचा पनि अध्यक्षले गरे  थिए।

मंगलबार राती दोहामा भएको अल अह्ली र बार्सिलोनाको मैत्रीपूर्णखेलमा तीनै बालक मेस्सीकै अघि पछि देखिए। खेल सुरुहुनुभन्दा अगाडी खिचिने टिम फोटोमा पनि मुर्तजा रहेका थिए। खेल बार्सिलोनाले ५-३ले जित्यो। खेलको सुरुहुनुभन्दा अघि मुर्तजा त्यहाँ आकर्षणका केन्द्रविन्दु बनेका थिए।

मैत्रीपूर्णखेलमा बार्सिलोनालाई जित दिलाउन लुइस स्वारेज, लियोनल मेस्सी र नेयमारले पहिलो हाफ तथा फ्रान्सिको अलसासेर र राफिनाले गोल गरे। अल अह्लीका लागि दोस्रो हाफमा माहनाद असिरीले २ र अर्को गोल ओमार अब्लुरहमानले पेनाल्टीमा गरेका थिए ।

हेर्नुहोस केहि फोटो:

aba a

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.