default_image

9 years ago

December 14, 2016

रुस्लान थ्री स्टारले क्षतिपूर्ति दाबी गर्दै एन्फामा पत्र बुझायो

148 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी कप प्ले अफ खेल्नबाट बञ्चित रुस्लान थ्री स्टार क्लबले क्षतिपूर्ति वापत ६ करोड रुपैयाँ र दोषीमाथि कारवाही गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) मा बुधबार पत्र दर्ता गराएको छ ।

15494119_10155548962463032_990190536_n

 

एन्फाकै लापरवाहीका कारण खेल्नबाट बञ्चित थ्री स्टारले मागको उचित संम्बोधन नभए त्यसबाट उत्पन्न हुने परिस्थितिका लागि पनि एन्फानै जिम्मेवार हुने पनि पत्रमा उल्लेख गरेको छ । एन्फाले उपाध्यक्ष वीरबहादुर खड्का संयोजक रहेको समितिको प्रतिवेदनका आधारमा दोषीमाथि कारवाही हुनेमा पनि शंका व्यक्त गर्दै भनेको छ,‘ एन्फाले गल्ति स्वीकार गरिसकेको अवस्थामा फेरी समितिको प्रतिवेदनका आधारमा दोषीमाथि कारवाही हुनेमा विश्वास गर्ने आधार छैन ।’

एएफसी कपमा नेपाली क्लबको सहभागिता नरहनु भनेको देश र स्वयम एन्फाका लागि पनि लज्जाको विषय हुनु पर्नेपनि क्लबले दर्ता गरेको पत्रमा उल्लेख गरिएको छ । क्षतिपूर्ति नपाउँदा र दोषीमाथि कारवाही नहुदा सम्म थ्री स्टार क्लब कुनै पनि फुटबल गतिविधिमा संलग्न नहुने पनि पत्रमा प्रष्टसँग उल्लेख गरेको छ ।

पटक पटक क्लब दर्ताका लागि एसियाली फुटबल महासंघ (एएफसी) ले एन्फालाई पत्राचार गरेपनि त्यसमा एन्फाले कुनै काम अघि नबढाएपछि अन्ततः थ्री स्टार समूह चरणबाट छनोट भएपनि एएफसी कपको प्ले अफ खेल्नबाट भने बञ्चित भएको थियो । यो घटनाबाट एन्फाले आउँदा दिनका लागि पाठका रुपमा लिने विश्वास लिएको उल्लेख गर्दै क्लबले भविष्यमा एन्फा भित्र चुस्त व्यवस्थापनको अपेक्षा राखेका जनाएको छ ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.