default_image

9 years ago

December 14, 2016

इब्राहिमोभिचको गोलमा म्यानचेस्टर युनाइटेडलाई सफलता

120 views

0 Bookmark

लन्डन (एन्जेसी)– याल्टान इब्राहिमोभिचले खेलको अन्त्यतिर निर्णायक गोल गरेपछि म्यानचेस्टर युनाइटेडले बिहीबार प्रिमियर लिगमा क्रिस्टल प्यालेसलाई २–१ ले हराएको छ । लिगमा अगस्ट यता युनाइटेडको यो लगातार दोस्रो जित हो ।

629853152

युनाइटेडको जितमा इब्राहिमोभिचसँगै पाउल पोग्बाको भूमिका महत्वपूर्ण रह्यो । पोग्बाले पहिलो हाफको अन्तिम मिनेटमा उनले युनाइटेडलाई अग्रता दिलाएका थिए । फ्रिकिकमा प्राप्त बललाई पेनाल्टी बक्स भित्र इब्राहिमाोभिचले अघि बढाएपछि पोग्बाले नजिकबाट गोल गरेका थिए ।

दोस्रो हाफमा गोलकिपर डेभिड डी जियाले जेम्स म्याकअर्थरको प्रहार रोक्दै अग्रतालाई जोगाए । तर, ६६ औं मिनेटमा म्याकअर्थरले सफलता प्राप्त गरेर बराबरी गोल फिर्काए । बराबरीतर्फ उन्मुख खेलको दुई मिनेट बाँकी रहँदा पोग्बाको चलाखीपूर्ण पासमा इब्राहिमोभिचले कठिन मोडबाट गोल गर्दै युनाइटेडलाई जित दिलाएका थिए ।

जितपछि पनि जोजे माउरिन्होको टोली २७ अंकका साथ छैटौं स्थानमा । पाँचौं स्थानको टोटेनह्यामको भन्दा ३ अंकले कम हो । लिगका अन्य खेलमा शीर्षस्थानको चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी, टोटेनह्याम जस्ता शीर्ष टोली पनि विजयी भएका छन् । त्यस्तै वेस्ट ह्याम युनाइटेड र वेस्ट ब्रुमविचले पनि जित निकालेका छन् भने स्टोक र साउथ ह्याम्टनले बराबरी खेलेका छन् ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.