9 years ago
December 14, 2016
सन्डरल्यान्ड (एन्जेसी)– सेस फाब्रिगासले सिजनमा पहिलो गोल गरेपछि चेल्सीले सन्डरल्यान्डमाथि १–० को जित हासिल गर्दै प्रिमियर लिगको शीर्षतालाई थप बलियो बनाएको छ । स्पेनिस मिडफिल्डरले ४० औं मिनेटमा १८ यार्डबाट गोल गरेपछि चेल्सीले लिगमा लगातार दसौं जित दर्ता गरेको हो ।

त्यसअघि एडनान याजुजाईको प्रहार पोस्ट नजिकबाट बाहिरिएको थियो । चेल्सीले अग्रता लिनुअघि पेद्रोको प्रहारलाई जोर्डन पिकफोर्डले रोकेका थिए । विलियनको पासमा पेनाल्टी बक्सको लाइनबाट फाब्रिगासले गरेको गोल नै खेलको निर्णायक बन्यो । विलियनले अग्रतालाई दोब्बर गर्ने मौका थिए । १६ खेलको समाप्तीमा ४० अंक जोडेको चेल्सीले दोस्रो स्थानको लिभपरपुललाई ६ अंकले पछि पारेको छ ।
लिगका अन्य खेलमा लिभरपुल, म्यानचेस्टर सिटी, टोटेनह्याम, म्यानचेस्टर युनाइटेड जस्ता शीर्ष टोली पनि विजयी भएका छन् । त्यस्तै वेस्ट ह्याम युनाइटेड र वेस्ट ब्रुमविचले पनि जित निकालेका छन् भने स्टोक र साउथ ह्याम्टनले बराबरी खेलेका छन् ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]