9 years ago
December 15, 2016
म्यानचेस्टर (एजेन्सी)– पाब्लो जाबालेटा र डेभिड सिल्भाले गोल गरेपछि म्यानचेस्टर सिटीले घरेलु मैदानमा बिहीबार वाटफोर्डलाई २–० ले हराएको छ ।

पेप ग्वार्डिओलाको टोलीले पहिलो हाफमै अग्रता लिएको थियो । केभिन डी ब्रुनेको पासमा जाबालेटाले ३३ औं निेटमा गोल गरेका थिए । सिजनमा त्यो उनको पहिलो गोल हो । चोटग्रस्त लाके गुन्डोगान विना उत्रेको सिटीले खेलमा जुझारु प्रदर्शन गरेको थियो रहिम स्ट्रेलिङको प्रहार क्रसबारमा ठोक्किएको थियो ।
वाटफोर्डका इटिनी कापोउको प्रहारलाई क्लाडियो ब्राभोले रोकेका थिए । स्ट्रेलिङको पासमा खेल सकिन ४ मिनेट बाँकी रहँदा सिल्भाले गोलगरेका थिए । पछिल्लो खेलमा हार बेहोरेर पुनरागमन गरेको सिटी ३३ अंकसहित अंक तालिकाको चौथो स्थानमा छ ।
दोस्रो स्थान लिभरपुल र तेस्रो आर्सनलको समान ३४ तथा शीर्षस्थानको चेल्सीको ४० अंक छ । लिगका अन्य खेलमा चेल्सी,लिभरपुल , टोटेनह्याम, म्यानचेस्टर युनाइटेड जस्ता शीर्ष टोली पनि विजयी भएका छन् । त्यस्तै वेस्ट ह्याम युनाइटेड र वेस्ट ब्रुमविचले पनि जित निकालेका छन् भने स्टोक र साउथ ह्याम्टनले बराबरी खेलेका छन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]