9 years ago
December 15, 2016
लन्डन (एजेन्सी)– प्रिमियर लिगमा यो सिजन टोटेनह्यामले घरेलु मैदानमा अपराजित यात्रालाई निरन्तरता दिने क्रममा बिहीबार हल सिटीमाथि ३–० को जित निकालेको छ । क्रिस्टियन इरिक्सेनले दुई गोल गरेको खेलमा अर्को गोल भिक्टोर वान्यामाले गरेका थिए ।

डानी रोसीको पासमा १४ औं मिनेटमा गोल गरेका इरिक्सेनले अर्को गोल नजिकबाट ६३ औं मिनेटमा थपे । वान्यामाले ७३ औं मिनेटमा गोल गरेपछि टोलीले सहज जित निकाल्यो । जितसँगै मारिसियो पोचिन्टिनोको टोलीले प्रिमियर लिगमा शीर्ष चारको दौडलाई जारी राखेको छ ।
पाँचौं स्थानमा रहेको टोटेनह्यामको ३० अंक छ भने चौथो स्थानको म्यानचेस्टर सिटीको ३३ अंक छ । समान ३४ अंक जोडेको लिभरपुल दोस्रो र आर्सनल तेस्रो स्थानमा छ । शीर्षस्थानको चेल्सीको ४० अंक छ । लगातार छ वटा अवे खेलमा हार बेहोरेको हल रेलिगेसन क्षेत्रमा छ ।
बिहीबारका अन्य खेलमा चेल्सीले सन्डरल्यान्डलाई १–० ले ,लिभरपुलले मिडल्सब्रोलाई ३–० ले, म्यानचेस्टर सिटीले वाटफोर्डलाई २–० ले, म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई २–१ ले हराएको थियो । त्यस्तै वेस्ट ह्याम युनाइटेडले बर्नलीलाई १–० र वेस्ट ब्रुमविचले स्वान्सी सिटीलाई ३–१ ले हराउँदा स्टोक र साउथ ह्याम्टनले गोलरहित बराबरी बराबरी खेलेका छन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]