3 years ago
July 15, 2022
एजेन्सी – युरोपेली च्याम्पियन रियल म्याड्रिडका प्रशिक्षक कार्लो एन्चेलोटिले यसपटक ट्रान्सफर विन्डोमा क्लबले कुनै खेलाडी नथप्ने स्पष्ट पारेका छन् ।

रियलले गत सिजनको टोलीमा दुई खेलाडी अनुबन्ध गरिसकेको छ । चेल्सीबाट डिफेन्डर एन्टोनियो रुडीगर फ्री ट्रान्सफरमा रियल आएका छन् । त्यस्तै रियलले मोटो रकम खर्चेर मिडफिल्डर ओरेलिएन चुआमेनीलाई पनि अनुबन्ध गरेको छ । चुआमेनी फ्रान्सको मोनाकोबाट अनुबन्धित भएका हुन् ।
गत सिजनको टोलीबाट ४ खेलाडीले भने क्लब छाडेका छन् । लामो समयदेखि टोलीमा रहेका डिफेन्डर मार्सेलो, मिडफिल्डर इस्को तथा फरवार्डद्वय ग्यारेथ बेल र लुका जोभिचले म्याड्रिड छाडेका हुन् । बेल अमेरिकाको लास एन्जेलस फुटबल क्लब (एलएएफसी) तथा जोभिच इटालीको फिओरेन्टिनामा अनुबन्धित भइसकेका छन् ।
एन्चेलोटिले हाललाई क्लबमा नयाँ खेलाडी जरुरि नभएको बताए । ‘म खेलाडी अनुबन्धबारे केहि बोल्न चाहन्न । मैले भनिसकेको छु की अब त्यसमा हाम्रो ध्यान छैन । हामी कुनै खेलाडी भित्र्याउने छैनौं । अहिले हामीसँग भएको टोली नै पर्याप्त छ,’ उनले भने ।

इटालियन प्रशिक्षकले भर्खर टोलीमा आएका दुई खेलाडी अमेरिका टुरबाट टोलीमा भिज्ने अपेक्षा गरेका छन् । ‘दुवै खेलाडीले हाम्रो टोलीको स्तर बढाउने छन् । अहिले उनीहरुको पोजिसनमा बजारमा उपलब्ध उत्कृष्ट खेलाडी अरु छैन । रुडीगर राम्रा खेलाडी हुन् । चुआमेनी युवा छन् र निकै सम्भावना बोकेका खेलाडी हुन् । अमेरिका टुरमा टोलीसँग रहेर त्यसको फाइदा लिनुपर्छ,’ उनले थपे ।
एन्चेलोटिले बेन्जेमालाई विश्राम दिनुपर्दा हाजार्डलाई पनि फल्स ९ पोजिसनमा खेलाउन सकिने बताए । ‘हामीसँग उक्त पोजिसनमा विकल्प छ । बेन्जेमा निसंकोच पहिलो रोजाइमा छन् । तर विश्वकप पनि रहेकाले हामीले अरु विकल्प पनि हेर्नुपर्छ,’ उनले थपे, ‘इडेन पनि उक्त पोजिसनमा खेल्न सक्छन् । एसेन्सियोले पनि खेल्ने क्षमता राख्छन् ।’
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]