default_image

3 years ago

July 16, 2022

एरिक्सन म्यानचेस्टर युनाइटेडमा अनुबन्धित

195 views

0 Bookmark

एजेन्सी – क्रिस्टियन एरिक्सन आफ्नो खेल जीवनलाई फेरि एक पटक प्रमाणित गर्न चाहिरहेका छन् । त्यहि लक्ष्य पुरा गर्नका लागि उनले म्यानचेस्टर युनाइटेडसँग औपचारिक रुपमै ३ वर्षको सम्झौता गरेका छन् ।

एक वर्ष अघिको मात्र प्रसंग हो उनी जीवन मरणको दोसाँधमा पुगेका थिए । युरो २०२० को उद्घाटन खेलमा डेनमार्क र फिनल्याण्ड खेलिरहँदा उनी अचेत भएर मैदानमा ढलेका थिए । त्यसपछि उनी लामो समय मैदान बाहिर रहेका थिए ।

‘मैले श्रीमतीलाई सन्यास लिने बताएको थिएँ,’ उनले पुराना दिन स्मरण गर्दै भने,’ तर मैले यदि मेरो विचार बदलें भने त्यसमा आश्चार्य नहुनु पनि भनेको थिएँ ।’

आयाक्स र टोटेनहमका पूर्व मिडफिल्डर इरिक्सनले उपचारका क्रममा राखिएको उपकरणका कारण सिरि ए भने नखेल्ने भए । त्यसैको परिणाम स्वरुप इरिक्सन र इन्टर सम्झौता तोड्न तयार भए । त्यसले फेरि उनलाई एक पटक प्रिमियर फर्कन मद्दत गर्यो ।

अचेत भएर मैदानमा ढलेको आठ महिनापछि उनी प्रिमियर लिगमा फर्कने क्रममा ब्रेनफोडमा आबद्ध भए । जहाँ ११ खेल खेल्ने क्रममा उनले एक गोल र ४ एसिस्ट गरेका थिए । उनी अझै माथिल्लो स्तरमा खेल्न सक्ने प्रमाणित भएसँगै अहिले युनाइटेडमा आबद्ध भएका छन् ।

‘युनाइटेड विशेष क्लब हो । सुरुवातका लागि म प्रतीक्षा गर्न सक्दिन,’ एरिक्सनले भने, ‘धेरै पटक ओल्डट्राफडमा खेलेको छु त्यसमा गर्व छ । युनाइटेडको जर्सीमा खेल्ने साच्चै अद्भुत अनुभव हुनेछ ।’

युरोपका उत्कृष्ट मध्येका एक

‘क्रिस्टियन युरोपका उत्कृष्ट मिडफिल्डर मध्येका एक हुन् ,’ युनाइटेडका खेलकुद निर्देशक जोन मोर्टगले भने, ‘उनीसँग धेरै विकल्प थिए । युनाइटेड उनका लागि सहि क्लब हो भन्ने सम्झाउन सकेकोमा हामी खुसी छौं ।’

मोर्टगले उनको प्राविधिक क्षमताको पनि तारिफ गरेका छन् । ‘उनको अनुभवले टोलीलाई फाइदा पुग्नेछ । उनीसँग नेतृत्व गर्ने क्षमता छ,’ उनले भने, ‘त्यसको फाइदा क्लबलाई पुग्नेमा हामी विश्वस्त छौं ।’

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.