3 years ago
July 21, 2022
एजेन्सी – प्रि–सिजनको मैत्रीपूर्ण खेलमा इंग्लिस क्लब आर्सनलले सफलता हात पार्दा अर्काे इंग्लिस क्लब चेल्सीले हार बेहोरेको छ ।

आर्सनलले ओर्लान्डो सिटीमाथि ३–१ को सहज जित निकालेको हो । आर्सनलको जितमा गाव्रियल मार्टिनेली, इडवार्ड एनकेटिया र रेइस नेल्सनले गोल गर्दा ओर्लान्डोका फकुन्डो टोरेसले एक गोल फर्काए ।
अमेरिकाको फ्लोरिडामा बिहीबार बिहान भएको खेलको पाँचौ मिनेटमा गाव्रियल मार्टिनेलीको गोलबाट आर्सनलले सुरुवाती अग्रता लिएको थियो । २९औं मिनेटमा फकुन्डो टोरेसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि आर्सनलले दोस्रो हाफमा दुई गोल थप्दै सहज जित निकाल्न सफल भयो । ६६औं इडवार्ड एनकेटियाले तथा ८०औं मिनेटमा रेइस नेल्सनले गोल गर्दै आर्सनललाई सहज जित दिलाए ।
प्रि–सिजनमा आर्सनलको यो लगातार तेस्रो जित हो । यसअघि आर्सनलले जर्मन क्लब नर्नवर्गलाई ५–३ ले तथा प्रिमियर लिग प्रतिद्धन्द्धी एभर्टनलाई २–० ले पराजित गरेको थियो ।

यता, अर्काे इंग्लिस क्लब चेल्सीले चार्लाेट एफसीसँग टाइब्रेकरमा ५–३ को हार बेहोरेको छ । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइदा घरेलु टोलीले बाजी मारेको हो ।
नर्थ कारोलिनामा बिहीबार बिहान भएको खेलको ३०औं मिनेटमा क्रिस्टियन पुलिसिसको गोलबाट चेल्सीले अग्रता लिएको थियो । तर, अन्तिम एक मिनेट सम्हालिन नसक्दा चेल्सीले गोल बेहोर्न पुगेको थियो ।
इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा ड्यानियल रिओसले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
टाइब्रेकरमा चार्लाेटका ड्यानियल रिओस, क्रिस्टियन माकोअन, एन्टन वाल्केस, जोसेफ मोरा र कामिल जोजवियाकले गोल गरे । चेल्सीका काई हार्भाटज, बेन चिलवेल र रहिम स्टर्लिङले गोल गर्दा कोनोर गल्लाघेरले गोल गर्न सकेनन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]