3 years ago
July 23, 2022
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले ब्राजिली सेन्टर ब्याक एडर मिलिसाओको सम्झौता नविकरण गरेको छ । रियलले मिलिसाओको रिलिज क्लज ५ सय मिलियन युरो राख्दै सन् २०२८ सम्मको सम्झौता नविकरण गरेको हो ।

यसअघि रियलमा मिलिसाओको सम्झौता २०२५ सम्म रहेको थियो । रियलले प्रि–सिजनका लागि अमेरिका भ्रमणमा जानुअघि मिलिसाओसँगको सम्झौता नविकरण गरेपनि क्लबले झन्डै एक सातापछि सार्वजनिक गरेको हो । पोर्टाे बसाईको एक सिजनमै उनी रियलको नजरमा परेका हुन् ।
सन् २०१९ मा पोर्चुगिज क्लब पोर्टाेबाट ५० मिलियन युरोमा रियलमा आबद्ध भएका २४ वर्षीय मिलिसाओले आफ्नो प्रदर्शनलाई सुधार गर्दै पछिल्लो दुई सिजन रियलको प्रमुख खेलाडी बनेका छन् । उनको प्रदर्शनमा आएको सुधारसँगै रियलले उनलाई विश्वास गर्दै सम्झौता अवधि लम्ब्याउन सहमत भएको हो।
तत्कालिन कप्तान सर्जियो रामोस र राफायल भरान रहँदा उनले रियलमा सुरुवाती सिजनमा विरलै अवसर पाएका उनले यि दुई खेलाडीको अनुपस्थितिमा लगातार पहिलो रोजाईमा खेल्दै आँफुलाई क्लबको प्रमुख खेलाडीको रुपमा स्थापित गरिसकेका छन् ।
सम्झौताअनुसार उनको पारिश्रमिक स्वत बढेको छ । उनले प्रतिसिजन ३.५ मिलियन युरो प्लस बोनसबाट थप ७ मिलियन युरो पाउनेछन् । रियलमा तीन सिजन बिताउँदा २४ वर्षीय मिलिसाओले ९१ खेलमा ४ गोल गरेका छन् । २०१८ देखि ब्राजिलको टोलीमा रहेका मिलिसाओले २२ क्याप जित्दा एक अन्तर्राष्ट्रिय गोल गरेका छन् ।
ब्राजिली युवा स्टारद्धय भिनिसियस जुनियर र रोड्रिगोको सम्झौता अवधि लम्ब्याएको रियलले प्रि–सिजनको अमेरिका भ्रमणपछि आफ्नो योजनाबारे आधिकारिक रुपमा सार्वजनिक गर्ने जनाएको छ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]