3 years ago
July 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्काे महिना घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिपको लागि बन्द प्रशिक्षणमा ५८ खेलाडीलाई बोलाएको छ ।

मुख्य प्रशिक्षक कुमार थापाले राष्ट्रिय खेलकुद परिषद (राखेप) ले १९औं एशियाली खेलकुदका लागि प्रशिक्षणमा रहेका ४० खेलाडी र थप १८ गरी ५८ खेलाडीलाई प्रशिक्षणमा बोलाएका हुन् । प्रशिक्षण सोमबार सुरु हुने एन्फाले जनाएको छ ।
प्रशिक्षणमा बोलाइएको खेलाडीको सुचीमा चोटका कारण टोली बाहिर रहेकी नियमित कप्तान रेनुका नगरकोटे पनि रहेकी छिन् । गत महिना प्रशिक्षण दौरान सरस्वती ऐरको ट्याकलमा पर्दा सन्तुलन गुमाउँदै मैदानमा लडेकी रेनुकाको शरीरको बायाँ भागको क्लाभिकल (कलरबोन अर्थात घाँटीमुनिको हड्डी) फ्याक्चर भएको थियो । उनको त्यति बेला नै शल्यक्रिया गरिएको थियो ।
महिला साफ च्याम्पियनसिप भदौं २१ देखि असोज ३ गते सम्म आयोजना हुँदैछ । च्याम्पियनसिपका खेलहरु दशरथ रंगशाला हुने सम्भावना छ । आयोजक नेपालसहित दक्षिण एसियाका सातै राष्ट्र भारत, बंगलादेश, श्रीलंका, बंगलादेश, पाकिस्तान, माल्दिभ्स र भुटानको सहभागिता रहनेछ । पाँच पटकको विजेता भारत प्रतियोगिताको स्वभाविक दावेदारको रुपमा रहेको छ ।
टोलीको मुख्य प्रशिक्षकमा थापा र व्यवस्थापकमा विन्द्रा देवान रहेकी छिन् । साफका लागि रविन्द्र चन्द भेन्यु म्यानेजर, विजय घले लोकल जनरल कोअर्डिनेटर तथा दिनेश व्यन्जनकार सुरक्षा प्रमुख रहनेछन् । संजिव शिल्पकारले मार्केटिङ, ब्रोडकास्ट र डिजिटल राइट्सको जिम्मेवारी पाएका छन् ।
प्रारम्भिक चरणमा बोलाइएका खेलाडी
एन्जिला तुम्बाप्पो सुब्बा, अन्जना राना मगर, उषा नाथ, कविता विक, अमृता जैशी, गीता राना, पुनम जर्घा मगर, हिरा कुमारी भुजेल, पुजा राना, बिमला बिक, सृजना सिंह, निशा थोकर, सलोनी रानामगर, श्रृजना चेम्जोङ, समिक्षा घिमिरे, रेनुका नगरकोटे, सरु लिम्बु, बिमला चौधरी, अनिता बस्नेत, प्रिति राई, दीपा राई, इन्दिरा राई, मन्जली कुमारी योन्जन, निर्मला उपाध्यय, दीपा शाही, हेमा चौधरी, बिर्सना चौधरी, सरस्वती ऐर, सुमित्रा सिंह पाख्रिन, सावित्रा भण्डारी, अनिता केसी, सरस्वती रोकाय, निर्मला विक, सविता रानामगर, रश्मी कुमारी घिसिङ, रजनी थोकर, चन्द्रा भण्डारी, अमिषा कार्की, रेखा कुमारी पौडेल, कुसुम खतिवडा, सम्झना चौधरी, सावित्री किसान, गंगा गुरुङ, मोनिका कुशवार, सविना चौधरी, रोजिना श्रेष्ठ, रेनुका हमाल, कुमारी तामाङ, रेविका पाण्डे, मोनिका पुलामी मगर, सुनकला राई, दिल कुमारी रानामगर, पुर्णिमा हमाल, दिपा न्यौपाने, सिर्जना खड्का, सन्जु कुमाल, रजनी थोकर र सदिपा भोलान
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]