default_image

3 years ago

July 27, 2022

बार्सिलोना र युभेन्टसको बराबरी

267 views

0 Bookmark

एजेन्सी – प्रि सिजनको मैत्रीपूर्ण खेल अन्तर्गत क्याटलान क्लब बार्सिलोना र इटालियन क्लब युभेन्टस बराबरीमा रोकिएका छन् । बार्सिलोनाले खेलमा दुई पटक अग्रता लिएपनि युभेन्टस खेलमा फर्कंदै २-२ को बराबरी गर्न सफल रहयो ।

बार्सिलोनाका लागि दुवै गोल ओस्मान डेम्बेलेले गर्दा युभेन्टसको दुवै बराबरी गोल मोइस किनले फर्काए। खेलको ३४ औं मिनेटमा डेम्बेलेको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो । उनले व्यक्तिगत प्रयासमा उत्कृष्ट गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । राइट विंगबाट दुई डिफेन्डरको चुनौती चिर्दै उनले गरेको शक्तिशाली प्रहारलाई गोलरक्षक वोजचिएक सेचेज्नीले बचाउन सकेनन् ।

मोइस किनले ३९ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । उनले जुआन कुआड्राडोको क्रसमा गोल गरेका थिए । तर डेम्बेलेले एक मिनेटमा नै खेल बराबरीमा ल्याए । उनले पुन: एकपटक राइट विंगमा एकल प्रयासमा सुन्दर गोल गरे । यसपटक चार डिफेन्डरको बीचबाट उनको प्रहार गोलमा परिणत भएको थियो ।

खेलको ५२ औं मिनेटमा किनले व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीले खेलाडी परिवर्तन गर्दा गोल सम्भव भएन । बार्सिलोनाले खेलमा सुरुवात गरेका सबै ११ खेलाडी परिवर्तन गर्दा युभेन्टसले ९ खेलाडी परिवर्तन गरेको थियो । युभेन्टसबाट यसै सिजन भित्रिएका विंगर एन्जल डी मारियाले पनि खेलेका थिए ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.