9 years ago
December 16, 2016
बार्सिलोना – (एजेन्सी) – बार्सिलोनका स्टार नेमारले आफ्नु बार्सिलोनाको कारीयर जोगाउन मेस्सिको ठुलो योगदान रहेको बताएका छन ।

२०१३ मा बार्सिलोना आउँदा मेस्सिले नेमारलाई ठुलो सयोग गरेको कुरा उनले सिएनएनलाई बताएका छन । उनलाई पहिले बार्सिलोना आउँदा शहर र क्लबमा घुलमिल हुन मेस्सिले मद्धत गरेको कुरा नेमारले भनेका हुन ।
“म बार्सिलोना आइपुगेपछिको क्षण रमाइलो थिएन, तर मेस्सिले मलाई मद्धत गरेका थिए । मेस्सिले मलाई दुःखी देखे, म झोक्राएको देखे । ” , नेमारले भने ।
” मेस्सिले मलाई खुशी रहन र मैले जाने जसरि खुलेर खेल्न सुझाब दिए । उनको सुझाब त्यो समय मेरालागी निकै महत्वपुर्ण रह्यो । “, नेमारले थपे । “म मेस्सिलाई आदर गर्दछु ।”, उनले भने ।
मेस्सि, नेमार र स्वारेज , यि तीन खेलाडिको साझेदारी बार्सिलोनालाई निकै बहुमूल्य साबित भएको छ । नेमारका अनुसार उनिहरुको खेल मैदान बाहिरको मित्रताले उनिहरुको वृद्धिमा फाइदा पुगेको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]