9 years ago
December 16, 2016
काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लब एएफसी प्ले अफमा खेल्न नपाएका विषयमा छानबिन गर्न अर्को छानबिन समिति गठन भएको छ । फुटबलमा भएको अनियमितता र गै¥ह जिम्मेवारीका बारेमा छानबिन गरि सत्य तथ्य पत्ता लगाई प्रतिवेदन बुझाउन भन्दै राष्ट्रिय खेलकुद परिषद (राखेप) शुक्रबार आफ्ना सदस्य देव कुमार अधिकारीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको छ ।

समितिको सदस्यहरुमा राखेपका प्रशासन प्रमुख मधुसुदन बस्नेत, खेलकुद विकास विभाग प्रमुख कुलबहादुर थापा, संघ संस्था प्रमुख डेमबहादुर बस्नेत र राखेप कानून बिज्ञ धनबहादुर बस्नेत रहेका छन् । युवा तथा खेलकुद मन्त्रालयको निर्देशनमा राखेपले छानविन समिति गठन गरेको राखेपले उल्लेख गरेको छ ।
थ्री स्टारले ६ करोड रुपैयाँको क्षेतिपूर्ति माग गर्नुका साथै दोषीमाथि कारवाही होस् भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिएको उजुरीका आधारमा अख्तियारले युवा तथा खेलकुद मन्त्रालयलाई छानविन गर्न निर्देशन दिएको थियो ।
एसियाली फुटबल महासंघ (एएफसी) ले पटक पटक क्लबको सहभागिताका लागि एन्फालाई पत्रचार गर्दा पनि एन्फाले त्यसलाई वेवस्ता गरेकाले थ्री स्टार सहभागिताबाट बञ्चित भएको थियो । एन्फाले आफ्नो गल्ति स्वीकार गर्दै मंसिर २४ गते उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गर्दै १५ दिन भित्र प्रतिवेदन बुझाउन भनेको छ ।
राखेपले अधिकारीको संयोजकत्वमा रहे्को छानविन समितिलाई एक महिना भित्र प्रतिवेदन बुझाउन समय सिमा तोकेको छ । सो समितिले महिला पछिल्ला समय महिला क्रिकेटमा भएको अनियमितता र गैर जिम्मेवारीको छानविन गर्ने जिम्मेवारी पाएको दिइएको छ ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]