default_image

3 years ago

August 2, 2022

साफ च्याम्पियनसिपको दोस्रो चरण छनोटमा ३५ खेलाडी

287 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना नेपालमा आयोजना हुने साफ महिला च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले दोस्रो चरणको छनोटमा ३५ खेलाडीको नाम सार्वजनिक गरेको छ ।

नेपाली महिला राष्ट्रिय टोलीका प्रशिक्षक कुमार थापाले पहिलो चरणमा सहभागी ५८ खेलाडीबाट ३५ सदस्यीय टोली घोषणा गरेका हुन् । पहिलो चरणको टोलीबाट कप्तान रेनुका नगरकोटेको नाम दोस्रो चरणबाट भने बाहिर राखिएको छ । टोलीमा अब सिनियर खेलाडीमा एन्जिला सुब्बा, सावित्रा भण्डारी र अमृता जैशी रहेका छन् । टोलीको अर्को कप्तान यिनै मध्यबाट छानिने सम्भावना छ ।

दशरथ रंगशालामा हुने प्रतियोगिता भदौ २१ देखि असोज ३ गतेसम्म चल्नेछ । नेपाल रहेको समूह बी मा भुटान र श्रीलंका रहेका छन् । आयोजक नेपालले उद्घाटन खेलमा भुटानको सामना गर्नेछ । खेल भदौ २१ गते साँझ ५:३० बजे हुनेछ । दोस्रो तथा समूह चरणको अन्तिम खेलमा नेपालले भदौ २८ गते श्रीलंकासँग खेल्नेछ ।

भदौ ३१ गते सेमिफाइनलका दुई खेल हुनेछ । त्यसपछि असोज ३ गते फाइनल हुनेछ । सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । यस्तै समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान छन् ।

नेपालको ३५ सदस्यीय टोली :

गोलरक्षक : एन्जिला तुम्बापो सुब्बा, अन्जना रानामगर, उषा नाथ, कविता विक

डिफेन्डर : हिराकुमारी भुजेल, सिर्जना सिंह ठकुरी, गंगा गुरुङ, अमृता जैशी, गीता राना, पुजा राना, पुनम जर्घा मगर, निशा थोकर, सिर्जना चेम्जोङ, विमला विक, समिक्षा घिमिरे

मिडफिल्डर : विमला चौधरी, मन्जली कुमारी योन्जन, सविता रानामगर, प्रिती राई, सरु लिम्बु, दिपा राई, दिपा शाही, इन्दिरा राई, सरस्वती ऐर, अनिता बस्नेत, हिमा चौधरी, कुसुम खतिवडा

फरवार्ड : सावित्रा भण्डारी, अमिषा कार्की, रेखा पौडेल, अनिता केसी, रश्मीकुमारी घिसिङ, रजनी थोकर, निर्मला विक, चन्द्रा भण्डारी

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.