default_image

2 years ago

August 5, 2022

फाइनलमा ५ गोल गर्दै भारतले जित्यो साफ यू-२० उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड गुर्किरत सिंहको चार गोलको सहयोगमा बंगलादेशलाई पराजित गर्दै भारतले साफ यू-२० च्याम्पियनसिपको उपाधि जितेको छ । अतिरिक्त समयसम्म लम्बिएको खेलमा भारत ५-२ को जितका साथ उपाधि रक्षा गर्न सफल भएको हो । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक फाइनलमा दुवै टोलीले निर्धारित समयमा अग्रता लिएका थिए । दुवै अग्रतामा […]

128 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड गुर्किरत सिंहको चार गोलको सहयोगमा बंगलादेशलाई पराजित गर्दै भारतले साफ यू-२० च्याम्पियनसिपको उपाधि जितेको छ । अतिरिक्त समयसम्म लम्बिएको खेलमा भारत ५-२ को जितका साथ उपाधि रक्षा गर्न सफल भएको हो ।

भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक फाइनलमा दुवै टोलीले निर्धारित समयमा अग्रता लिएका थिए । दुवै अग्रतामा विपक्षी टोलीले बराबरी गोल फर्काएपछि २-२ को बराबरीसँगै खेल अतिरिक्त समयमा लम्बिएको थियो । अतिरिक्त समयको सुरुवाती मिनेटमा लगातार दुई गोलसँगै कुल तीन गरेपछि भारत जित हासिल गर्न सफल भएको थियो ।

खेलको १९ औं सेकेन्डमा नै भारतले पेनाल्टी प्राप्त गरेको थियो । हिमांशु झांग्राको लामो प्रहारलाई गोलरक्षक मोहमद आसिफले विफल पारेपनि रिबाउन्डमा गुर्किरत सिंहलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिए । गुर्किरत आफैंले पेनाल्टीमा गोल गर्दै भारतलाई अग्रता दिलाए ।

पहिलो हाफको अन्तिम मिनेटमा बंगलादेशले बराबरी गोल फर्कायो । राजन होव्लादरले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । दोस्रो हाफको सुरुवातमै बंगलादेशले अग्रता लियो । खेलको ४८ औं मिनेटमा शमिम मियाले सानदार गोल गर्दा बंगालादेश अघि बढेको थियो । भारतीय डिफेन्डरले क्लियर गर्न नसकेको बललाई पेनाल्टी क्षेत्रभित्रबाट मियाले शक्तिशाली प्रहारमार्फत गोल गरे ।

खेलको ६० औं मिनेटमा नै भारतले खेल बराबर गर्यो । गुर्किरतले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई खेलमा फर्काए । उनले पेनाल्टी क्षेत्र बाहिरबाट दर्शनीय गोल गरेका थिए । निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त ३० मिनेटमा लम्बिएको थियो ।

अतिरिक्त समयको पहिलो हाफमै भारत २ गोल गर्न सफल भयो । ९१ औं मिनेटमा हिमांशुले गोल गर्दै भारतलाई अग्रता दिलाए । शैलेश पात्रोको लामो थ्रु पासलाई हिमांशुले पेनाल्टी क्षेत्र भित्रबाट पहिलो टचमा सुन्दर फिनिस गरे । त्यसको दुई मिनेटमै भारतले अग्रता दोब्बर पार्यो । गुर्किरतले लामो पासलाई नियन्त्रणमा लिँदै उत्कृष्ट फिनिसमार्फत ह्याट्रिक पूरा गरे । हिमांशुको पासमा गोलरक्षक असिफ अघि बढेको अवसरमा उनले पेनाल्टी क्षेत्र बाहिर बायाँ विंगबाट गोल गरेका थिए ।

९८ औं मिनेटमा गुर्किरतले अर्को गोल थपे । काउन्टर अट्याकमा अघि बढेको भारतलाई गुर्किरतले सानदार गोल गर्दै ३ गोलले अघि बढाए । बल पोसेसन होल्ड गर्ने क्रममा पेनाल्टी क्षेत्रबाट गोल्पोस्टको विपरित दिशामा फर्केका गुर्किरतले उत्कृष्ट टर्नपछि झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहार टप कर्नरमा गोल भएको थियो ।

यसअघि यू-१८ र यू-१९ उमेर समूहमा भएको यो प्रतियोगिता भारतले दोस्रो पटक जितेको हो । यसअघि नेपालमा भएको तेस्रो संस्करण पनि भारतले जितेको थियो । त्यसअघि सन् २०१५ र २०१७ को उपाधि भने नेपालले जितेको थियो । यसपटक नेपाल लिग चरणमा तेस्रो हुँदै फाइनलमा पुग्न सकेन ।

लिग चरणमा बंगलादेश ४ खेलमा १० अंक जोड्दै शीर्षस्थानमा रहयो । भारतले ४ खेलमा ९ अंक जोड्दै दोस्रो स्थानमा रहेर फाइनलमा स्थान बनाएको थियो । समूह चरणमा बंगलादेशले भारतलाई २-१ ले हराएको थियो ।नेपाल भने ४ खेलमा ७ अंकसहित तालिकाको तेस्रो स्थानमा रहयो । माल्दिभ्स ४ खेलमा २ अंकसहित चौथो तथा १ अंक जोडेको श्रीलंका पुछारमा रहयो ।

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.