default_image

2 years ago

August 6, 2022

प्रिमियर लिगमा आज ६ खेल हुँदै

एजेन्सी – विश्व फुटबलको सबैभन्दा चर्चित लिग, इंग्लिस प्रिमियर लिग सुरु भइसकेको छ । लिग अन्तर्गत आज शनिबार ६ खेल हुनेछ । नेपाली समयअनुसार साँझ ५:१५ बजे नवप्रवेशी फुल्हमले गत सिजनको उपविजेता लिभरपुलको सामना गर्नेछ । लिभरपुलले गत साता कम्युनिटी सिल्ड जित्ने क्रममा म्यानचेस्टर सिटीलाई पराजित गरेको थियो । टोलीका नयाँ फरवार्ड डार्विन न्युनेजले डेब्युमा […]

222 views

0 Bookmark

एजेन्सी – विश्व फुटबलको सबैभन्दा चर्चित लिग, इंग्लिस प्रिमियर लिग सुरु भइसकेको छ । लिग अन्तर्गत आज शनिबार ६ खेल हुनेछ ।

नेपाली समयअनुसार साँझ ५:१५ बजे नवप्रवेशी फुल्हमले गत सिजनको उपविजेता लिभरपुलको सामना गर्नेछ । लिभरपुलले गत साता कम्युनिटी सिल्ड जित्ने क्रममा म्यानचेस्टर सिटीलाई पराजित गरेको थियो । टोलीका नयाँ फरवार्ड डार्विन न्युनेजले डेब्युमा प्रभाव जमाएका थिए । आज उनले सुरुवातबाट खेल्ने सम्भावना छ ।

रातको ७:४५ बजे हुने खेलमा टोटेनहम हट्सपरले साउथह्याम्पटनसँग खेल्नेछ । ट्रान्सफर विन्डोमा ६ खेलाडी अनुबन्ध गरिसकेको टोटेनहम यसपटक उपाधि होडमा आउने अपेक्षा गरिएको छ । गत सिजन इटालियन प्रशिक्षक एन्टोनियो कोन्टेको आगमनपछि टोलीले उत्कृष्ट प्रदर्शन गरेको थियो । ट्रान्सफर विन्डोमा उनले चाहेको खेलाडी भित्र्याएपछि टोली थप बलियो भएको छ ।

रातको ७:४५ बजे अन्य ३ खेल पनि हुनेछ । यस सिजन बढुवा भएको एएफसी बर्नमाउथले एस्टन भिल्लासँग खेल्नेछ । लिड्स युनाइटेडले वल्भ्ससँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै नव प्रवेशी नटिङहम फरेस्टले न्युकासल युनाइटेडको मैदानमा खेल्नेछ । न्युकासल प्रशिक्षक एडी हाउ र नयाँ मालिकको आगमनपछि बेग्लै रुपमा देखिएको छ ।

दिनको अन्तिम खेलमा चेल्सीले एभर्टनको भ्रमण गर्नेछ । खेल रातको १०:१५ बजे हुनेछ । चेल्सीका लागि प्रि सिजन सोचेजस्तो हुन सकेको छैन । ट्रान्सफर विन्डोमा आफूले चाहेको खेलाडी अनुबन्ध गर्न नपाएपनि क्लबले तीन मुख्य खेलाडी भित्र्याएको छ । रहिम स्टर्लिङ, कालिदु कौलिबाली र मार्क कुकुरेला चेल्सी आएका छन् ।

आजको खेल तालिका:

५:१५ बजे : फुल्हम विरुद्ध लिभरपुल

७:४५ बजे : टोटेनहम हट्स्पर विरुद्ध साउथह्याम्पटन

७:४५ बजे : बर्नमाउथ विरुद्ध एस्टन भिल्ला

७:४५ बजे : लिड्स युनाइटेड विरुद्ध वल्भ्स

७:४५ बजे : न्युकासल युनाइटेड विरुद्ध नटिङहम फरेस्ट

१०:१५ बजे : एभर्टन विरुद्ध चेल्सी

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.