default_image

9 years ago

December 17, 2016

चेल्सीलाई ९ अंकको आग्रता

165 views

0 Bookmark

लण्डन (एजेन्सी)- ईंग्लिश प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा चेल्सीले सत्रौ स्थानमा रहेको क्रीस्टल प्यालेसलाई१-०ले पराजित गरेको छ । यस जित पश्चात चेल्सी दोस्रो स्थानमा रहेको लिभरपुलभन्दा ९ अंकले अगाडी भएको छ, यधपी चेल्सीले समान ३४ अंक भएका लिभरपुल र आर्सनलभन्दा एक खेल बढी खेलेको छ ।

costa-celebrating-against-crystal-palace

लगतार ११ जित हसिल गर्ने क्रममा चेल्सीले पोहोर को हारको बदलापनी पुरा गरेको छ । पहिलो हाल्फ सकिन एक मिनटमा बांकी रहदा दिएगो कोस्टाले गरेको गोलनै निर्णायक हुन पुग्यो । कोस्टाको यो गोल लिगमा उनको व्यक्तिगत १३औ गोल हो । यस जितसँगै चेल्सी यस बर्षको अन्त्यसम्म पहिलो स्थानमा रहने पक्का भएको छ । चेल्सीले अहिलेसम्म डिसेम्बरसम्म लिगको शीर्ष स्थानमा हुँदा आज अहिले सम्म हरेक अवसरमा लिगा उपाधि जितेको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.