default_image

9 years ago

December 18, 2016

म्यानचेस्टर युनाइटेडमा इब्राहिमोभिचको जादु यथावत

127 views

0 Bookmark

लन्डन (एजेन्सी)– याल्टन इब्राहिमोभिचले उच्च प्रदर्शनलाई निरन्तरता दिदा प्रिमियर लिगमा शनिबार म्यानचेस्टर युनाइटेड वेस्ट ब्रमुविचलाई २–० ले हराएको छ ।

630151210

युनाइटेडले सुरुमै खेलमा अग्रता लिएको थियो । पाँचौं मिनेटमा जेसी लिनगार्डको क्रसमा इब्राहिमोभिचले नजिकबाट हेडमार्फत गोल गरेका थिए । वायन रोनीले अन्तर दोब्बरको प्रयास गरेका थिए तर उनको प्रहार पोस्टमा लागेर फर्कियो । वेस्ट ब्रुमविचका सालोमोन रोन्डोनले पहिलो हाफमा हेडमार्फत गरेको प्रहार पोस्ट नजिकबाट बाहिरिदा बराबरीको मौका चुकेको थियो ।

इब्राहिमोभिचले ५६ औं मिनेटमा अर्को गोल थपे । रोनीले निकालेको पासमा इब्राहिमोभिचको प्रहार विपक्षी खेलाडीमा डिफ्लेक्ट हुँदै गोलम परिणत भएको थियो । प्रिमियर लिगमा त्यो उनको ११ औं गोल थियो । प्रिमियर लिगमा लगातार तीन जितपछि छैटौं स्थानमा यथावत रहेको युनाइटेडको ३० अंक पुगेको छ ।

समान ३० अंकको टोटेनह्यामले आइतबार बर्नलीसँग प्रतिस्पर्धा गर्नेछ । डिएगो कोस्टाको गोलमा क्रिस्टल प्यालेसलाई १–० ले हराउँदै शीर्षस्थानमा चेल्सी थप मजबुद बनेको छ ।

शनिबारकै अन्य खेलमा मिडल्सब्रोले स्वान्सी सिटीलाई ३–० ले, सन्डरल्यान्डल वार्टफोर्ड र वेस्ट ह्याम युनाइटेडले हल सिटीलाई समान १ –० ले हराए भने स्टोक सिटी र लेस्टर सिटीले २–२ को बराबरी खेले । चेल्सीको ४३ अंक पुगेको छ भने समान ३४ अंक भएका लिभरपुल दोस्रो र आर्सनल तेस्रो स्थानमा छ । चौथो स्थानको म्यानचेस्टर सिटीको ३३ अंक छ ।

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

Success

Thank you for your time.