9 years ago
December 19, 2016
हाम्रो खेलकुद (काठमाडौँ) – गत शनिबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको आर्टिफिसियल तर्फ मैदानमा मलेसिया र नेपालको महिला राष्ट्रिय टोलिबीच अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलको आयोजना भयो।

नेपाली महिला फुटबलको इतिहासमै पहिलोपटक नेपाली टोलीले नेपाली भूमिमा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेले। पहिलोपटक नेपालमा खेलिएको मैत्रीपूर्ण खेल आफैंमा पहिलो छदैं थियो, संगसंगै छ नेपाली खेलाडीले पनि आफ्नो पहिलो क्याप जिते। खेलाडीको साथमा महिला टोलीका नवनियुक्त प्रशिक्षक कुमार थापाले पनि सोहि खेलमार्फत अन्तराष्ट्रिय जगतमा प्रशिक्षकका रुपमा आफ्नो पहिलो खेल खेलाए।
प्रशिक्षक थापाले आफ्नो नियुक्तिसंगै राष्ट्रिय टोलीमा आमुल परिवर्तन आउने संकेत दिइसकेका छन्। खेलाडी छनोट प्रक्रिया देखि खेल खेल्ने तरिका र टोलीको संरचनामानै आमुल परिवर्तन आएको आभास अहिले भइरहेको छ। साफको लागि घोषणा गरिएको अन्तिम २० खेलाडीमा सात नयाँ खेलाडी रहेका छन्। ति सात मध्ये छ खेलाडीले शनिबार भएको खेलमा डेब्यु गरे। आफ्नो पहिलो खेलमा सुटमा उत्रिएका प्रशिक्षक थापा पुरै समय टचलाइनमा उभिएर खेलाडीलाई निर्देशन दिनमै व्यस्त देखिए।
तिन खेलाडीले सुरुवाती एघारमा स्थान पाएका थिए भने तिन खेलाडी वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए। परम्परागत ४-४-२ भन्दा केहि फरक रणनीतिमा उत्रिएको नेपालले समयानुसार खेलको संरचनामा परिवर्तन ल्याएको थियो। अन्तराष्ट्रिय जगतमा फुलब्याकहरु आक्रमणमा जाने पद्दतिलाई मलेसियाविरुद्धको खेलमा थापाले प्रयोगमा ल्याएका थिए। खेलको अधिकांश समय आफ्नै खुट्टामा बल राख्न सफल नेपाली टोलीले गोलको अवसर सिर्जना गरेपनि विपक्षी गोलरक्षकको उत्कृष्ट खेलको कारण १-०को जित्मै चित्त बुझाउनु परेको थियो।
खेलाडी छनोटमा प्रधानसेनापति कपका उत्कृष्ट र आशालाग्दा ५० खेलाडीलाई प्रशिक्षक थापाले दश दिने प्रशिक्षणमा डाकेका थिए। २० राष्ट्रिय खेलाडीसमेत जम्मा ७२ जनाबाट छानेर अहिलेको अन्तिम २०को छनोट भएको हो। विगतमाझैं राष्ट्रिय टोलीका खेलाडीहरुलाई अन्त्यमा डाक्ने चलनको पनि अन्त्य गरे थापाले। उनले बाहिरका र राष्ट्रिय टोलीका गरि ४२जनाबाट ३० जानलाई छानेर २ साता प्रशिक्षण पछि अन्तिम २०को छनोट गरेका थिए।
अन्तिम २०मा सात नयाँ खेलाडीको आगमन हुँदा निरु थापा, लक्ष्मी पौडेल, घिम कुमारी गुरुङ, अमृता जैशी जस्ता पछिल्लो पटक सुरुवाती एघारमा परेका अनुभवी खेलाडीहरुको पत्ता साफ भएको थियो। युवा जोश र प्रशिक्षकको संरचनामा फिट खेलाडीलाई मात्र आफ्नो टोलीमा स्थान दिने थापाको प्रण अन्तिमसम्म कायमै रह्यो।
थापाले घोषणा गरेको अन्तिम २०मा १५ वर्षदेखि २६ वर्ष सम्मका खेलाडी सामेल छन्। यस टोलीको औसत उमेर मात्र २२ वर्ष छ भने कप्तान रेनुका पनि २२ वर्ष पुग्न लागेकी छन्।
टोलीले अहिलेनै लय समात्ने कुरामा भने दुइमत होला तर आउने दिनमा थापाकै नेतृत्व रहने हो भने यो टोलीले राम्रो नतिजा दिनेमा भने दुविधा छैन।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]